वैदेशिक रोजगार बोर्डबाट पाइने आर्थिक सहयोग लिन अनलाइनबाटै निवेदन दिन पाइने

SHARE:

काठमाडौं चैत १० ।

सरकारले वैदेशिक रोजगारमा जाँदा मृत्यु भएका वा घाइते भएकालाई दिने आर्थिक सहायता लिनका लागि अब अनलाइनबाट नै निवदेन दिन सकिने व्यवस्था कार्यान्वयनमा ल्याएको छ ।

वैदेशिक रोजगार बोर्डले वैदेशिक रोजगारी शिलशिलामा मृत्यु तथा अंगभंग भएका श्रमिकका परिवारले पाउने आर्थिक सहायता तथा क्षतिपूर्ती अनलाइन प्रणाली प्रयोग गरी स्थानीय तहबाटै आर्थिक सहायताका लागि निवेदन दिन सकिने व्यवस्था गरेको हो । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठले फागनु २९ गते मन्त्रीस्तरीय निर्णय गर्दै पीडित परिवारले घटना भएको एक वर्षभित्र अनलाइनबाट फर्म भरेर स्थानीय तहबाट नै सहायता लिने व्यवस्था गरेको थियो ।

उनले वैदेशिक रोजगारकल्याणकारी सूचना व्यवस्थापन प्रणाली सञ्चालन तथा व्यवस्थापन कार्यविधि २०७८’ स्वीकृत गरेपछि कार्यान्वयनमा गएको हो ।वैदेशिक रोजगार बोर्डले यसैलाई कार्यान्वयन गर्नका लागि बिहीबार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत ७ सय ५३ वटै स्थानीय तहलाई परिपत्र गर्दै अनलाइनबाट फर्म भर्न सक्ने व्यवस्थाबारे सबै स्थानीय तहलाई जानकारी गराएको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!