डा. हर्क गुरुङ प्रतिष्ठानलाई तमु प्ये ल्हु संघ बेलायतको सहयोग

SHARE:

लन्डन २४ । भूगोलविद् डा. हर्क गुरुङको स्मृतिमा खोलिएको डा. हर्क गुरुङ प्रतिष्ठानलाई तमु प्ये ल्हु संघ बेलायतले आर्थिक सहयोग गरेको छ ।

डा. गुरुङको समाधिस्थल रहेको मर्स्याङदी गाउँपालिका वडा नं. ७ ताङ्लीचोकमा निर्माणाधीन पार्कका लागि तमु प्ये ल्हु संघ बेलायतले २ लाख ५७ हजार ३ सय रुपैयाँ आर्थिक सहयोग गरेको हो । उक्त सहयोग रकम बुधबार एक कार्यक्रमकाबीच तमु प्ये ल्हु संघ बेलायतका अध्यक्ष रनबहादुर गुरुङले प्रतिष्ठानका अध्यक्ष तिलबहादुर गुरुङलाई हस्तान्तरण गरेका छन् ।

प्रतिष्ठानले डा. हर्क गुरुङको समाधिस्थलमा पार्क निर्माण गर्न लागेको थाहा पाएपछि सहयोग लिएर आएको तमु प्ये ल्हु संघ बेलायतका अध्यक्ष रनबहादुर गुरुङले बताए । कोभिडका कारणले धेरै सहयोग गर्न नसकेपनि प्रतिष्ठानले शुरु गरेको अभियानमा एउटा इट्टा भएपनि थप्न पाएकोमा आफूलाई निकै खुसी लागेको गुरुङले बताए ।

वडाध्यक्ष युवा घलेले तमु प्ये ल्हु संघ बेलायतलाई सहयोगका लागि धन्यवाद ज्ञापन गरे । प्रतिष्ठानले थालेको अभियानलाई सफल बनाउन सबैको सहयोग आवश्यक रहेको बताए । प्रतिष्ठानका अध्यक्ष तिलबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा डा.हर्क गुरुङको भतिजि एवं नेपाल आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको वरिष्ठ सहायक बिमला गुरुङ, टोल सुधार समितिका अध्यक्ष भोजकुमार भण्डारी लगायतले मन्तव्य राखेका थिए ।

प्रतिष्ठानका कोषाध्यक्ष एवं मनास्लु तमु आमा समाजका अध्यक्ष बालमायाँ गुरुङले स्वागत गरेको कार्यक्रमको सञ्चालन प्रतिष्ठानका सदस्य एवं मस्र्याङ्दी गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङको स्वकिय सचिव सरोज गुरुङले गरेका थिए । गुरुङको स्मृतिमा समाधिसँगै पार्क निर्माण गर्न डिपिआर तयार भइरहेको छ । ताङ्लीचोकमा रहेको उनको समाधिस्थलसँगै पार्क र अन्य संरचना निर्माण गरिने प्रतिष्ठानले जनाएको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!