स्थानीय तह चुनावका लागि १ करोड ७७ लाख ३३ हजार मतदाता

SHARE:

काठमाडौं चैत १३ ।

निर्वाचन आयोगले आउँदो वैशाख ३० गते हुने स्थानीय तहको चुनावमा लागि मतदाता, मतदानस्थल र मतदान केन्द्रको टुङ्गो लगाएको छ ।

आज आइतवार बसेको निर्वाचन आयोगको बैठकले अन्तिम नामावली टुङ्गो लगाएको हो । जसअनुसार मतदाताको सङ्ख्या एक करोड ७७ लाख ३३ हजार सात सय २३ जना रहेको छ । यसमा ८९ लाख ९२ हजार १० जना पुरुष मतदाता छन् भने महिला मतदाताको सङ्ख्या ८७ लाख ४१ हजार पाँच सय ३० जना रहेको छ । त्यस्तै अन्यमा एक सय ८३ जना मतदाता छन् ।

सबैभन्दा धेरै मतदाता मोरङमा सात लाख १५ हजार दुई सय २३ जना छन् भने सबैभन्दा कम मनाङमा ६ हजार चार सय ९६ मतदाता रहेको आयोगले जनाएको छ । अहिलेको चुनावमा अघिल्लो स्थानीय तहको चुनावमा भन्दा ३६ लाख ५९ हजार दुई सय ९९ जना धेरै मतदाता थपिएका छन् । २०७४ सालमा भएको चुनावमा एक करोड ४० लाख ७४ हजार चार सय ४० मतदाता थिए ।

यसैबीच निर्वाचन आयोगले स्थानीय तह चुनावका लागि मतदानस्थल र मतदान केन्द्रको पनि टुङ्गो लगाएको छ । आयोगका अनुसार १० हजार सात सय ५६ मतदानस्थल रहने छन् भने २१ हजार नौ सय ५५ मतदान केन्द्र रहेका छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!