राजदूत आचार्यले बिहीबार बेलायती महारानीसमक्ष ओहोदाको प्रमाणपत्र बुझाउने

SHARE:

लण्डन चैत १५ ।

बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यले बिहीबार बेलायती महारानीसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र बुझाउने भएका छन् ।

बिहीबार मध्यान्ह सवा १२ बजे बकिङहम प्यालेस पुगेर राजदूतले महारानीलाई ओहोदाको प्रमाणपत्र पेश गर्ने कार्यक्रम रहेको दूतावास स्रोतले जनाएको छ।
कोभिडको जोखिमका कारण महारानी भने समारोहमा भौतिक रुपमा उपस्थित रहने छैनन् । उनी विन्डसोर क्यासलस्थित निवासबाटै भर्चुअल माध्यमबाट सहभागी हुनेछन् ।

ओहोदाको प्रमाणपत्र पेश गर्न जानुअघि बकिङहम प्यालेसबाट राजदूतलाई लिन दूतावाससम्म बग्गी पठाउने प्रचलन छ । बकिङहम प्यालेसको समारोहलगत्तै राजदूत आचार्यले लन्डन दूतावासमा एक रिसेप्सन आयोजना गर्दैछन् । जसमा बेलायत सरकारका अधिकारी, बेलायतस्थित विभिन्न मुलुकका कूटनीतिज्ञ लगायत आमन्त्रित छन् ।

बेलायतको लागि नेपालको २२ औँ राजदूतका रुपमा बेलायत आएका आचार्यले गत फेब्रुअरी २३ मा आफ्नो पदबहाली गरेका थिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!