एनआरएनए युकेले गर्यो युक्रेन द्वन्द्वमा परेका नेपालीलाई सहयोग

SHARE:

लण्डन चैत १५ ।

 

गैरआवासीय नेपाली संघ एनआरएनए युकेले युक्रेन संकटबाट विस्थापित भएका नेपालीहरुलाई करिब साढे सात लाख रुपियाँ बराबरको सहयोग गरेको छ ।

एनआरएनए युकेका सचिव तथा सो अभियानका संयोजक ज्ञानेन्द्र आलेका अनुसार संकलित सहयोगमध्ये ३ हजार पाउण्ड एनआरएनए स्कटल्याण्ड राज्यसमितिका अध्यक्ष काशीराम भण्डारीले पोल्याण्ड गई हस्तान्तरण गरेका थिए भने बाँकी १ हजार ६१० पाउण्ड एनआरएनए पोल्याण्डलाई बैँकमार्फत हस्तान्तरण गरिएको थियो ।

एनआरएनए युकेको मार्च २ मा बसेको सचिवालय बैठकले युक्रेनको द्वन्द्वबाट पीडित नेपालीहरुका लागि सहयोग उठाउने निर्णय गरेको थियो । यस अभियानमा सहयोग गर्नुहुने बेलायतबासी नेपालीहरु तथा एनआरएनए यूकेको राज्य समन्वय परिषदहरु इङग्ल्याण्ड, स्कट्ल्याण्ड, नर्दन आयरल्याण्ड र वेल्सप्रति संयोजक आलेले धन्यवाद ब्यक्त गरेका छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!