काउन्सिलर पदका प्रत्यासी कमल गुरुङको चुनावी अभियानमा तमु समाज यूकेको सहयोग

SHARE:

लन्डन ३० मार्च । तमु समाज यूकेले काउन्सिलर पदका प्रत्यासी एवं समाजका आजीवन सदस्य तथा सल्लाहकार कमल गुरुङको चुनावी अभियानमा साथ दिएको छ ।

तमु समाज यूकेका स्वयंसेवक सदस्यहरुले २७ मार्च २०२२ आइतबार स्थानीय काउन्सिलको निर्वाचनमा London Borough of Barnet Council को Burnt Oak क्षेत्रको लेबर पार्टीको काउन्सिलर पदको प्रत्यासी उम्मेदवार गुरुङको चुनावी आभियानअन्तर्गत उम्मेदवारी प्रतिबद्धता पत्र वितरण कार्यक्रम सम्पन्न गरेका हुन् । उक्त काउन्सिलमा आउने मे महिनामा निर्वाचन हुँदैछ । तमु समाज यूकेले उनको सहयोगका लागि विगतमा यस किसिमका कार्यक्रम आयोजना गरेको थियो ।

चुनावी आभियान सहयोगअन्तर्गत तमु समाज यूकेले वोन्ट ओकस्थित Lyndhurst Park मा एक बृहत् कार्यक्रम आयोजना गरेको थियो । कार्यक्रममा तमु समाज यूकेको संस्थापक अध्यक्ष चित्रबहादुर गुरुङ, पूर्वअध्यक्ष अर्जुनकुमार गुरुङ, निवर्तमान अध्यक्ष शिवचन्द्र गुरुङ, आमा समूहको अध्यक्ष उमादेवी गुरुङ, पूर्वअध्यक्ष माया गुरुङ र पूर्वउपाध्यक्ष विजु गुरुङका साथै अन्य पदाधिकारीहरु तथा शुभचिन्तक सदस्यहरुको उल्लेख्य उपस्थिति थियो । त्यस्तैगरी उक्त पार्टीकै अर्को उम्मेदवार Cllr Sara Conway को पनि उपस्थिति रहेको तमु समाज यूकेका मिडिया सेक्रेटरी नारायण सिंह गुरुङले जानकारी दिए ।

Lyndhurst Park मा बिहान १० बजे जम्मा भएको भेलालाई काउन्सिलर उम्मेदवार कमल गुरुङले स्वागत गर्दै चुनावी आभियान पर्चा वितरण कार्यक्रमको विषयमा स‌ंक्षिप्त जानकारी दिँदै वितरण कार्यमा अपनाउनु पर्ने स्वास्थ्य तथा सुरक्षा सम्बन्धमा जानकारी गराए । त्यसपश्चात् सबै सहयोगीहरुले आ-आफ्नो समूहमा तोकिएको क्षेत्रमा पर्चा वितरण सुरु गरेका थिए । कार्यक्रम दिनको १ बजेतिर समापन भएको थियो ।

उम्मेदवार कमल गुरुङले अन्तमा आफू आबद्ध संस्थाका स्वयंसेवक साथीहरुले आफूप्रति गरेको सहयोगको प्रशैसा गर्दै धन्यवादसहित आभार व्यक्त गरेका थिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!