स्थानीय तह निर्वाचनमा भाग लिने राजनीतिक दलहरुलाई आयोगको १७ बुँदे निर्देशन

SHARE:

काठमाडौं चैत १६ ।

निर्वाचन आयोगले स्थानीय तह निर्वाचनमा भाग लिने राजनीतिक दलहरुलाई १७ बुँदे निर्देशन जारी गरेको छ ।

निर्देशनमा आयोगले उम्मेदवार चयन गर्दा अपनाउनु पर्ने मापदण्ड लगायतका विषयहरु समावेश गरिएको छ । आयोगले बुधबार दलहरुको नाममा निर्देशन जारी गर्दै लैंगिक तथा समावेशी प्रतिनिधित्व सुनिश्चित हुने गरी उम्मेदवार मनोनयनको व्यवस्था गर्न आग्रह गरेको हो ।

आयोगले घोषणापत्र लगायत दस्तावेजहरूमा लैङ्गिक तथा समावेशीसम्बन्धी व्यवस्थालाई उचित सम्बोधन गर्न पनि दलहरूलाई भनेको छ । स्थानीय तहको प्रमुख र उपप्रमुख वा अध्यक्ष र उपाध्यक्षको पदमध्ये एक पदमा महिलाको मनोनयन गर्नुपर्ने व्यवस्था रहेको पनि आयोगले दलहरुल स्मरण गराएको छ ।

सरकारले २०७९ बैशाख ३० गतेका लागि स्थानीय तहको निर्वाचन घोषणा गरेको छ । निर्वाचन नजिकिएसँगै आयोगले निर्वाचनको तयारीका कामहरुमा तीब्रता दिएको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!