गैरआवासीय नेपालीका समस्या समाधान गर्न सरकार सकारात्मक छ : मन्त्री बडू

SHARE:

३० मार्च २०२२ बेलायत । कानून, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडूले गैरअवासीय नेपाली सङ्घ (एनआरएनए)ले उठाउँदै आएका माग सम्बोधनका लागि सरकार सकारात्मक रहेको बताउनुभएको छ ।

बुधबार काठमाडौँमा सङ्घको ध्यानाकर्षण पत्र बुझ्दै उहाँले संवैधानिक व्यवस्थानुसार नागरिकतासँग सम्बन्धित विषय र सङ्घले उठाउँदै आएका अरु मागहरु कानून र नियमावली निर्माणबाट सम्बोधनका लागि आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । यही चैत्र १२ र १३ गते काठमाडौँमा सम्पन्न दशौँ गैरआवासीय नेपाली सम्मेलनबाट निर्वाचित समितिलाई बधाई दिँदै मन्त्री बडूले समुन्नत नेपाल निर्माणको अभियानमा गैरआवासीय नेपालीसँग सहकार्य गर्न सरकार तयार रहेको बताउनुभयो ।

सङ्घका अध्यक्ष कुल आचार्य नेतृत्वको टोलीले मन्त्री बडूलाई नेपालको संविधानले गैरआवासीय नेपाली नागरिकताका सम्बन्धमा गरेको व्यवस्था कार्यान्वयनका लागि आवश्यक कानून निर्माण, तीन पुस्तापछिको एनआरएनलाई पनि गैरआवासीय नेपाली नागरिकताबाट बञ्चित नगराउने गरी संविधान संशोधन गर्न राजनीतिक सहमतिलगायत विषयमा सहयोग गर्न आग्रह गर्नुभएको थियो ।

साथै उहाँले दोहोरो नागरिकता लिन नमिल्ने देशमा रहेका गैरआवासीय नेपालीका लागि परिचयपत्रको माध्यमबाट सम्पत्तिलगायत अधिकार प्रयोग गर्न सकिने गरी गैरआवासीय नेपाली ऐन, २०६६ लाई संशोधन गर्न पहल र सहयोगका लागि समेत आग्रह गर्नुभएको थियो ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!