रुसको आक्रमणपछि युक्रेन छोड्नेको संख्या ४० लाख नाघ्यो

SHARE:

एजेन्सी चैत १७ ।

रुसले आक्रमण सुुरू गरेदेखि हालसम्म युक्रेन छोड्नेको संख्या ४० लाख नाघेको छ ।

यो संख्या युद्धको सुरुमा गरिएको अनुमान भन्दा सबैभन्दा बढी हो । संयुक्त राष्ट्रसंघका अनुसार पलायनको गति र मापन दोस्रो विश्वयुद्धताका भन्दा बढी रहेको छ । राष्ट्रसंघीय बाल कोष ९युनिसेफ० ले ५ हप्ताको अवधिमा देशका अनुमानित ७५ लाख बालबालिकामध्ये आधाभन्दा बढी विस्थापित भएको बताएको छ । २५ लाख आन्तरिक र १८ लाख विदेशमा विस्थापित भएको जनाइएको छ ।

देश छोडेर भागेकामध्ये ९० प्रतिशत महिला र बालबालिका रहेका छन् । शरणार्थीका लागि संयुक्त राष्ट्रसंघीय उच्चयुक्त युएनएचसिआरले युद्धले अन्ततः चार लाख शरणार्थीहरू सिर्जना गर्न सक्ने बताएको छ ।

यसैबीच, युएनएचसिआरका प्रमुख फिलिपो ग्रान्डी युद्धबाट विस्थापित, उत्पन्न परिस्थिति लगायत विषयमा छलफल गर्न युक्रेन पुगेका छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!