सेफ सन्तोषको मेनुका सात परिकार

SHARE:

काठमाडौं । बीबीसी मास्टर सेफ युके प्रोफेसनल रि म्याच विजेता सेफ सन्तोश साहको कुकबुक ‘ऐला’ समावेश नेपाली खानासम्बन्धी सात परिकार पस्किएको छ । ललितपुरको पाककला प्रशिक्षणसम्बन्धी संस्था (आइएचएम) कलेजमा आज आयोजित एक कार्यक्रमका बीच व्यावसायिक सेफहरुले सेफ साहको कुकबुक ‘ऐला’ समावेश नेपाली खानाका परिकारलाई पस्किएको हो ।

कलेजको पाँचौँ वार्षिकोत्सवको अवसरमा आयोजित उक्त कार्यक्रममा ग्लोबल नेप्लीज सेफ फेडेरेशनका अध्यक्ष लक्ष्मणप्रसाद भण्डारीको ‘आलिदेखि थालीसम्म’ को अभियानसँग परिमार्जन गर्दै नेपाली मौलिक खानाहरुको मेनुलाई सेफ जित मोक्तान, मिथिला खानाका अभियानकर्मी सेफ महेश साह तथा आइएचएम कलेजका सेफहरुले मौलिक तथा फ्युजन कन्सेप्टमा पस्किएका हुन् । सो मेनुमा स्टाटरमा आलुचप सागवाला, सुपमा आसल र लौकीको तातो झोल, माछाको परिकारमा माछा तरुवा, पहिलो मेनकोर्ष (अनभेज) खसी पक्कुसँग गोलभेँडा भात र कडी करी, दोस्रो मेनकोर्ष (भेज) कटहर पोलेकोसँग कागुनो र सिस्नो आलु, डेजर्टमा तराई मालपुवा र रब्रि तथा बेभरेजमा मसला टिलाइ तयार गरी प्रदर्शन गरिएको थियो ।

सेफ एशोसिएशन अफ नेपालका अध्यक्ष श्याम लामा, जिएनसिएफका महासचिव मोहन गजुरेल, सुनसरी अध्यक्ष प्रेम तुम्बापो, कलेजका एकेडेमिक डाइरेक्टर सेफ विकास डङ्गोलले प्रस्तुत नेपाली मौलिक खानामाथि समीक्षा गर्नुभएको थियो । सो अवसरमा सेफ भण्डारीले परम्परागत रैथाने नेपाली मौलिक परिकार, संस्कृति, पहिचान र विविधतालाई सेफ सन्तोष साहको ‘ऐला’ ले फेरि एक पटक व्यावसायिक ढोका खोलेको भन्दै सो मेनुको प्रस्तुतिले खानालाई अझै जनस्तरमा पुर्‍याएको बताउनुभयो ।

क्यान अध्यक्ष श्याम लामाले ‘ऐला’मा समावेश नेपाली मौलिक खानालाई हाम्रो आफ्नै पहिचान आलिदेखि थालिसम्म जोडेर प्रस्तुत गरिनु आफैँमा विशेष भएको बताउनुभयो । कलेजका सिइओ सुराच प्रसाईंले स्थापना कालदेखि नै आफूहरुले नेपाली मौलिक खानाको खोज, प्रवद्र्धन र पस्कने कार्यलाई अभियानकै रूपमा लिएको स्मरण गर्दै ‘ऐला’ मा समावेश नेपाली मौलिक खानाका रेसिपीबाट युवा पुस्ताका सेफहरुले धेरै सिक्ने अवसर पाएको बताउनुभयो ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!