बेलायतमा लुटपाट प्रयासको आरोपमा एक पक्राउ

SHARE:

लन्डन १ अप्रिल । बेलायतमा लुटपाट प्रयासको आरोपमा एक जना पक्राउ परेका छन् ।

फेब्रुअरी २५ तारिखमा अल्डरसट डकैतीको प्रयासको गरेको आरोप लागेका २८ वर्षीय ड्यारेन वाट्सलाई ३१ मार्च बिहीबार पक्राउ गरिएको हो । उनीमाथि अल्डरसटको मनोरपार्कमा रहेको सार्वजनिक शौचालयमा ७८ वर्षीय पुरुषसँग पैसाको माग गर्दै कुटपिट गरेको आरोप छ ।

वाट्सलाई बिहीबार नै बेजिङ्गस्टोक मजिस्ट्रेट कोर्टमा पेस गरिएको र ४ मेको दिन विनचेस्टर क्राउन कोर्टमा अर्को पेसीको लागि उनलाई हिरासतमा पठाइएको प्रहरीले जनाएको छ।

उक्त खबर ग्रेटर रस्मर नेपाली कम्युनिटीका अध्यक्ष मान गुरुङले इमेलद्वारा जनाकारी दिएका हुन्।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!