प्रधानमन्त्री देउवा र भारतका विदेशमन्त्री एस जयशंकरबीच भेटवार्ता

SHARE:

काठमाडौं चैत १८ ।

भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय विदेशमन्त्री एस जयशंकरबीच भेटवार्ता भएको छ।

उनीहरुबीच नेपाल-भारत सम्बन्धलाई प्रगाढ बनाउने विषयमा छलफल भएको हो । जयशंकरसँग छलफल हुनुअघि प्रधानमन्त्री देउवा भारतीय जनता पार्टीको मुख्यालय पुगेका थिए । त्यहाँ प्रधानमन्त्री देउवालाई राष्ट्रिय अध्यक्ष जेपी अड्डाले स्वागत गरेका थिए । उनीहरुबीच दुई देशको हित हुने विषयमा छलफल भएको बताइएको छ ।

देउवा नेपाली दूतावासले आयोजना गरेको रात्रिभोजमा सहभागी हुनेछन्। प्रधानमन्त्री देउवा र समकक्षी मोदीबीच आइतबार दिउँसो द्विपक्षीय भेटवार्ता हुँदैछ । हैदरावाद हाउसमा हुने भेटवार्तामा नेपाल र भारतबीच द्विपक्षीय सम्झौता पत्रमा हस्ताक्षर समेत हुनेछ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!