नेपाल त्रिकोणात्मक अन्तर्राष्ट्रिय टि-२० क्रिकेटको फाइनलमा प्रवेश

SHARE:

काठमाडौं चैत १९ ।

त्रिकोणात्मक अन्तर्राष्ट्रिय टि-२० क्रिकेटमा नेपालले लगातार चौथो जित निकालेको छ।

शनिबार त्रिवि क्रिकेट मैदान किर्तिपुरमा भएको खेलमा नेपालले मलेसियाविरुद्ध ८५ रनको जित निकालेको हो। घरेलु टोली नेपालले दिएको २ सय २४ रनको विशाल लक्ष्य पछ्याएको मलेसिया एक बल बाँकी छँदै १ सय ३८ रनमा समेटियो । उसका लागि विरानदीप सिंहले ४७, कप्तान अहमद फैजले ३३, अइनूल हाफिजले १८ र साएद अजिजले १७ रन बाहेक अरु खेलाडीले दोहोरो अंकको रन बनाउन सकेनन् ।

नेपालका सन्दीप लामिछानेले ३, दिपेन्द्रसिंह ऐरीले र कमल ऐरीले २/२ कुशल भुर्तेल र रोहित पौडेलले एक/एक विकेट लिए । यसअघि टस हारेर पहिला ब्याटिङमा तानिएको नेपालले दिपेन्द्रसिंह ऐरीको शतकीय योगदानसँगै ५ विकेट गुमाएर २ सय २३ रनको सानदार स्कोर खडा गरेको थियो । बिस्फोटक ब्याटिङ गरेका दिपेन्द्रले ५७ बलमा १० चौका र ६ छक्का प्रहार गरेका थिए । रोहित पौडेलले अर्धशतकीय योगदान गरे । उनले ३४ बलमा ५ चौकाको मद्दतले ५१ रन जोडे ।

आसिफ शेख १८, मोहम्मद अदिल आलम १४, कुशल भुर्तेल १२ र आरिफ शेख २ रनमा आउट भए । नेपालले यसअघि मलेसियालाई ६ विकेट, पपुवा न्यूगिनी पिएनजीलाई पहिलो खेलमा १५ रन र दोस्रो खेलमा ३७ रनले हराएको थियो। श्रृंखलामा रहेका पिएनजी र मलेसिया दुबैले चारमध्ये एक/एक खेल जितेर समान २ अंक जोडे पनि नेट रनरेटका आधारमा पिएनजीले फाइनलमा स्थान बनाएको हो।

नेपाल र पिएनजीबीचको फाइनल खेल सोमबार हुनेछ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!