०१ मार्च २०२२ नेपाल। राष्ट्रिय सभामा अविश्वासको प्रस्तावमाथि मतदान हुनु अगाडी राष्ट्रव्यापी विरोधमा उत्रन प्रधानमन्त्री इमरान खानले शनिबार आग्रह गर्नुभएको छ ।
संसदमा अविस्वासको प्रस्तावमाथिका प्रश्नहरूको सञ्चारकर्मीसँग उत्तर दिँदै उहाँले प्रधानमन्त्री खानले पाकिस्तानका जनतालाई शनिबार र आइतबार आफ्नो पक्षमा समर्थन जनाउन आफ्नो विवेक प्रयोग गरी सडकमा उत्रन आग्रह गर्नुभएको हो ।
विपक्षले खानविरुद्ध गरेको अविश्वास प्रस्तावको विरोध गर्दै उहाँले यसलाई देशमाथि गरिएको ‘धोका’ को सज्ञा दिनुभएको छ ।
“यस्ता कुराहरू भइरहेको अर्को देश भएको भए मानिसहरू सडकमा उत्रिनिे थिए । म तपाईंहरू सबैलाई आज र भोलि सडकमा उत्रन र राष्टभक्ति दर्शाउन आह्वान गर्दछु । उहाँले भन्नुभयो, “तपाइहरूले यो राष्ट्रको हितको निम्ति आन्दोलित हुनुपर्छ ।”
उहाँले पाकिस्तानका युवालाई बाह्य शक्तिहरुले गरेको षडयन्त्रविरुद्ध आन्दोलन गर्न र आवाज उठाउन भन्दै आफू अन्तिमसम्म सत्यको पक्षमा लडिरहने बताउनुभएको हो ।
खानले प्रतिपक्षी दलका नेताहरुले आफूहरुविरुद्ध लगाएका आरोपलाई जनमतद्वारा खारेज गरिदिन सडकमा अविस्वासको मतविरूद्ध आन्दोलित हुन आग्रह गर्नुभएको हो ।
खानमाथिको अविस्वासको प्रस्तावमाथि आइतबार संसदमा मतदान हुने कार्यक्रम तय भएको छ ।
यसैबीच आफूविरुद्ध संसदमा पेश भएको अविश्वासको प्रस्तावमाथि आइतबार हुने मतदानभन्दा एक दिन अगाडि समाचार संस्था एआरवाईसँगको एक अन्तवार्तामा प्रधानमन्त्री खानले आफ्नो ज्यान जोखिममा रहेको सूचना पाएको दावी गर्नुभएको छ ।
“मेरो ज्यान पनि जोखिममा छ भन्ने मेरो देशलाई जानकारी गराउन चाहन्छु, विपक्षीले मेरो चरित्र हत्याको योजना बनाएका छन् । म मात्र होइन मेरी श्रीमतीलाई पनि चरित्र हत्याको योजना गरेका छन्,” पूर्वक्रिकेटरसमेत रहेका ६९ वर्षीय खानले भन्नुभयो ।
प्रधानमन्त्री खानले आफू निडर भएर स्वतन्त्र र लोकतान्त्रिक पाकिस्तानका लागि लडाइँ जारी राख्ने बताउनुभयो । देशको शक्तिशाली सेनाले आफूलाई तीनवटा विकल्पहरू– अविश्वासको मत, मध्यावधि निर्वाचन र प्रधानमन्त्री पदबाट राजीनामा दिन सुझाव दिएको उहाँको भनाइ छ ।






