युद्धग्रस्त यमनमा शनिबारदेखि युद्धविराम गर्ने सहमति

SHARE:

०१ मार्च २०२२ नेपाल। यमनका युद्धरत पक्षले शनिबार देखि पहिलो राष्ट्रव्यापी युद्धविरामका लागि आफ्नो हतियार बिसाउने सहमति गरेका छन् ।

ग्रीनविच समय अनुसार रमजानको पहिलो दिन दिउसो ४ः०० बजे लागू हुने गरी इरान समर्थित हुथी विद्रोही र साउदी नेतृत्वको गठबन्धन दुवैले दुई महिनाको सहमति पालना गर्न सहमत भएका छन् ।
यमनमा जारी लामो युद्धले प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा सयौं हजारको ज्यान लिएको छ र लाखौं लाई विस्थापित गरेको छ । संयुक्त राष्ट्रसंघका अनुसार यमनमा विश्वकै सबैभन्दा खराब मानवीय संकट उत्पन्न भएको छ ।

पहिलेका युद्धविरामहरू निष्प्रभावी भएकाले यस सम्झौता पनि कतै उल्लङ्घन हुने हो कि भन्ने कतिपय विश्लेषकले अनुमान गरेका छन् ।

अप्रिल २०१६ मा शान्ति वार्ता अगाडिको राष्ट्रिय युद्धविराम लगभग तुरुन्तै उल्लङ्घन भयो र त्यस वर्षका शान्तिका अन्य प्रयासहरू पनि उल्लङ्गन भएका थिए । विश्वको सबैभन्दा गरिब अरब मुलुकको लागि जीवन रेखा, विद्रोहीले कब्जामा लिएको होडैडा बन्दरगाह वरिपरि शत्रुता रोक्ने सन् २०१८ को सम्झौतालाई पनि धेरै हदसम्म उपेक्षा गरिएको थियो ।

“यसपटक म आशावादी छु,” होडैडास्थित एक निजी संस्थामा काम गर्ने अस्मा जायदले एएफपीलाई बताउनुभयो ।

“रमजानसँग आउने तथ्यले हामीलाई धेरै आशा दिन्छ । म १५ वर्षको छँदादेखि नै यो युद्ध सुरु भयो र मेरा सबै सपनाहरू केबल सपनामा सीमित भए ।”

यस सम्झौताअन्तर्गत यमन र यसको सिमाना पार गर्ने सबै जमीन, हवाई तथा समुद्री सैनिक परिचालन रोकिने यमनका लागि संयुक्त राष्ट्रसंघका विशेष दूत हान्स ग्रुन्डबर्गले आफ्नो बताउनुभयो ।

सम्झौता अन्तर्गत होडैडा बन्दरगाहमा इन्धन बोक्ने जहाजहरूलाई आवातजावतका लागि अनुमति दिइनेछ भने र हुथी नियन्त्रित क्षेत्र राजधानी सानाको विमानस्थलबाट निश्चित क्षेत्रीय गन्तव्यमा पुनः व्यावसायिक उडानहरू आरम्भ गरिनेछ । शान्तिवार्ताका लागि दुवै पक्षले अघि सारेका प्रमुख मागमा सहमति भएको छ ।

यमनका लािग स्वीडेनका कूटनीतिज्ञले युद्धविरामा सम्झौता पालनमा हुनेमा आशावादी हुँदै भन्नुभयो, “सात वर्षभन्दा बढी युद्धको दौडान अत्यन्तै पीडित भएका सबै यमेनी महिला, पुरुष तथा केटाकेटीहरूले युद्धविराम सहमतिसँगै यस युद्धको अन्त हुने आशा गरेका छन् ।”

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!