एमालेको वडा कमिटी माओवादी केन्द्रमा

SHARE:

०१ मार्च २०२२ नेपाल।
रुकुमपूर्वको पुथा उत्तरगङ्गा गाउँपालिका–४ एमाले मुक्त वडा भएको छ । सिङ्गो वडा कमिटी माओवादी केन्द्रमा प्रवेश गरेपछि वडा नै एमाले बिहीन भएको हो । यसअघि पनि विवादले एमालेले इन्चार्ज र सचिव मात्र तोकेर १३ सदस्यीय वडा कमिटी निर्माण गरेको थियो ।

अहिले त्यहीँ सिङ्गो वडा कमिटी नै माओवादी केन्द्रमा प्रवेश गरेको नेकपा(माओवादी केन्द्र)का केन्द्रीय सदस्य एवं रुकुमपूर्वका इन्चार्ज तेजबहादुर ओलीले जानकारी दिनुभयो । उहाँका अनुसार पार्टी प्रवेश गर्नेमा एमालेको वडा इन्चार्ज महेन्द्र बुढा, सचिव झुपबहादुर पुन, सदस्य टेकप्रसाद पुन, उपेन्द्र बुढा, पूर्ण बुढा, विनोद बुढा, पद्मोदया बुढा, नरम बुढा, मनदेउ बुढा, सन्तोष पुन, सूर्यमान पुन, भरण विक, धनलब बुढा रहनुभएको छ ।

उहाँहरू सबैलाई जिल्ला इन्चार्ज ओली र पार्टी गाउँ सङ्गठन समितिका इन्चार्ज जिताराम कामीले पूmलमाला, अविर तथा खादा ओढाएर पार्टी प्रवेश गराउनुभएको छ । त्यहाँ सिङ्गो वडा कमिटीसँगै एमाले समर्थित सबै नागरिक पनि माओवदीमा आएका छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!