मधुकर गुरुङ
०३ मार्च २०२२ बेलायत ।बसन्त ऋतुमा बेलायतको सरसफाई अभियान (Great British Spring Clean Campaign) अन्तर्गत Doncaster Council द्वारा आह्वान गरिएको “Clean Doncaster” नामाकरण गरिएको अभियानलाई Doncaster मा बसोबास गर्ने British Gurkha Community ले हिज ३ अप्रिल आइतबारको दिन लगभग ४० जनाको सहभागिता जनाई सामुहिक रुपमा सरसफाइ अभियानमा भाग लिएको समाचार प्राप्त भएको छ ।

डोनकास्टर काउन्सिल द्वारा रास्ट्रीय स्तरको ग्रेट बृटिस स्प्रीङ्ग क्लिन क्याम्पेनमा सहभागिता जनाउदै आएको हुनाले गत नोभेम्बरमा भएको छनोटमा उत्कृष्ट ४ बरो काउन्सिल मध्य लन्डन बरो , निउहाम बरो र रेन्किन बरोलाई उछिन्दै प्रथम पुरस्कार प्राप्त गर्न सफल भएको थियो ।
यो सफलता प्राप्त डोनकास्टरले काउन्सिलले बर्ष भरिमा ९६ लिटर पिकर आयोजना १००० भन्दा बढी स्वयंसेवक परिचालन १५०० ब्याग फोहरमैला १३०० माइल भन्दा बढी सरसफाइ गरेको थियो ।

संस्थाको अध्यक्ष एक रानाको संरक्षणमा भएको यो कार्यक्रमको कोअर्डिनेसन मधुकर गुरुङ्गले गरेका थिए भने संस्थाका प्रमुख सलाहकार खुम आले द्वारा हेल्थ एन्ड सेफ्टी बृफिङ्ग सफाई सामाग्रीको बितरण अनि समूह वर्गीकरण साथै सम्पुर्ण आवस्यक जानकारी गराउनु भएको थियो ।
उत्तरी इङ्ग्लेङ्गका सहरहरू मध्य नेपाली हरुको बढी घनत्वो भएको स्थान सायद डोनकास्टर नै सम्भवत: अग्रपंक्तिमा पर्दछ । मिलेको बगस्ती, घरकोमुल्य राम्रो अनि प्रसस्त रोजगारीको ब्यबस्था भएको स्थान भएको हुनाले यो स्थान नेपालिको रोजाईमा पर्द्छ ।







