आवश्यकताअनुसार तालमेल गर्न नेता कोइरालाको आग्रह

SHARE:

३० मार्च २०२२ नेपाल। नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले स्थानीय तहमा औचित्यका आधारमा तालमेल गर्न कार्यकर्तालाई निर्देशन दिनुभएको छ ।

नेपाली कांग्रेस गण्डकी प्रदेशद्वारा पोखरामा आज आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा उहाँले चुनावी तालमेल गर्ने अधिकार प्रदेश, जिल्ला, नगर र वडालाई भएकाले औचित्य आवश्यकताअनुसार निर्णय लिन कार्यकर्तालाई आग्रह गर्नुभयो ।

जथाभाबी टिकट वितरण गर्ने होइन सक्षम र योग्य उम्मेदावरलाई निर्वाचनमा टिकट दिनुपर्छ भन्दै उहाँले भन्नुभयो, “प्रदेशले कांग्रेसको विधानअनुसार प्रदेश भर समन्वयकारी भूमिका निर्वाह गर्नुपर्दछ ।”

नेता काइरालाले तालमेलका नाममा विसं २०७४ को निर्वाचनमा माओवादीसँग गठबन्धन गरेका स्थानमा कांग्रेसले हारेको तर माओवादीलाई कांग्रेसले जिताएको स्मरण गर्दै विगतमा भरतपुर महानगरपालिका जस्तो तालमेल गर्न नहुने बताउनुभयो ।

नयाँ मतदातालाई रुखबाहेक अन्य चिह्नमा कसरी मतदान गर्ने लगाउने त्यो कुरा कांग्रेसका लागि चुनौती भएको बताउँदै नेता कोइरालाले भन्नुभयो, “एकातिर घरघर जाऔँ कांग्रेस जिताऔँ अभियान जुटेको पार्टी कार्यकर्ताले गठबन्धनका नाममा कसरी माओवादीलाई भोट हाल कसरी भन्ने यसको व्यवस्थापन गर्नुपर्छ ।”

कांग्रेस केन्द्रीय सदस्य मधु आर्चायले कांग्रेसको एजेण्डामा गएर अन्य दलहरू पनि चुनाव लड्न तयार हुनुपर्नेमा जोड दिनुभयो । पार्टी गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले कांग्रेसले स्थानीय तहमा उत्साह दिने किसिमको उम्मेदवार सिफारिस हुनुपर्ने र जनताको मन जित्त सक्ने नेताले टिकट पाउने विश्वास व्यक्त गर्नुभयो ।

कांग्रेस नेता जगदिश नरसिंह केसी, गण्डकी प्रदेशका उपसभापति कल्पना तिवारी, महामन्त्री किरणबाबु क्षेष्ठ लगायतले स्थानीय तहको निर्वाचन र तालमेलका बारेमा पार्टीले गम्भीर भएर लाग्नु कार्यकर्तालाई निर्देशन दिनुभयो ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!