लण्डन ४ अप्रिल ।

लण्डन ४ अप्रिल । मर्दीखोला समाज युकेको वार्षिक भेटघाट कार्यक्रम आगामी २ जुलाई २०२२ मा हुने भएको छ ।
बेलायतको अल्डरसटस्थित माइतीघर रेस्टुराँमा अध्यक्ष चन्द्रसिंह गुरुङको अध्यक्षतामा शनिबार ३ अप्रिल २०२२ का दिन बसेको समाजको बैठकले वार्षिक भेटघाटलाई निरन्तरता दिने निर्णय गरेको हो । बैठक अध्यक्ष चन्द्रसिंह गुरूङ र आमा समूहकी अध्यक्ष पवित्र गुरूङले पानसमा दीप प्रज्वलन गरेर उद्घाटन गरेका थिए । महासचिव मिलन गुरुङले सञ्चालन गरेको कार्यक्रममा कोषाध्यक्षले आर्थिक जानकारी दिएका थिए । बैठकमा १७ जना सदस्यहरुको उपस्थिति रहेको थियो ।
बैठकमा तारे बराह मन्दिरको लागि चन्दा सङ्कलनबारे मुख्यतय छलफल भएको छ । विश्व महामारीका रुपमा फैलिएको कोरोनाका कारण दुई वर्षदेखि स्थगित भएको वाषिर्क भेटघाट कार्यक्रमलाई पुनः निरन्तरता दिन एम्पाएर हल अल्डरसटमा गर्ने सहमति भएको छ ।
साथै घलेल र लुम्रेबीच पर्ने मन्दिर मर्मतको लागि नेपालदेखि सहयोगको अपेक्षा गरेर मन्दिर समितिले बिकास गुरुङमार्फत पठाइएको पत्र बारेमा छलफल भएको र पत्रलाई समाजले स्वीकार गरेको तर समाजले यो मन्दिर गुम्बा जस्तो धार्मिक विषयमा चन्दा नदिने तर कसैको ब्यक्ति गत इच्छालाई निषेध पनि नगर्ने अभिप्रायले यो आर्थिक सङ्कलनको काम समाजमार्फत गर्न दिने तर स्वामित्व सहयोग प्रस्तावकले लिनुपर्ने बैठकले निर्णय गरेको छ ।
बैठकले दुई नयाँ सदस्यहरुलाई स्वागत पनि गरेको छ । अन्तमा अध्यक्ष गुरुङले सबै सदस्यहरुलाई उपस्थितिको लागि धन्यवाद दिँदै बैठक बिसर्जन गरेका थिए ।






