युक्रेनको राजधानी कीभमा ४ सय शव भेटियो, ठाउँ–ठाउँमा चिहान

SHARE:

एजेन्सी ४ अप्रिल ।

रूसी सेनाको फर्किएपछि कीभ क्षेत्रमा नागरिकहरूको शव यत्रतत्र छरिएको अवस्थामा फेला परेको छ ।

अहिलेसम्म कम्तिमा ४ सय युक्रेनी नागरिकको शव फेला परेको छ । द्वन्द्वग्रत क्षेत्रको भग्नावशेषमा खोजी तथा उद्धार कार्य जारी रहेकाले मृतकको संख्या अझै बढ्न सक्ने आँकलन गरिएको छ । युक्रेनी अधिकारीहरूका अनुसार रुसी कब्जामा परेका बुचा, इरपिन र होस्टोमेलका स्थानीय बासिन्दाहरूलाई खोज्ने प्रयास जारी रहेको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । सो सहरमा सामूहिक चिहान पनि फेला परेको छ ।

शव चिहानभित्र थुपारेर राखेको अवस्थामा फेला परेको छ । त्यस क्षेत्रमा ३ सय भन्दा बढीको शव हुनसक्ने अधिकारीहरूले जनाएका छन् । यसैबीच, युक्रेनी विदेशमन्त्री दिमित्रो कुलेबाले कीभको उत्तरपश्चिमी भागमा रहेको बुचामा भएको हत्याको अनुसन्धान गर्न अन्तर्राष्ट्रिय फौजदारी अदालतलाई आग्रह गरेका छन् ।
कुलेबाले रुसी सेनाहरूले ‘क्रोधमा’ नागरिकहरूलाई मारेको आरोप लगाए । युरोपेली संघ र नाटोका नेताहरूले नागरिकको हतयाको निन्दा गर्दै युद्ध अपराधको लागि जवाफदेहिता र अनुसन्धानको लागि आह्वान गरेका छन् ।

यता रुसले भने मृतकको तस्वीरलाई नक्कली भन्दै अस्वीकार गरेको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!