नेप्लिज सेफ एसोसिएसन यूकेको महाअधिवेशन ६ जुन २०२२ मा

SHARE:

 

०५ मार्च बेलायत । नेप्लिज सेफ एसोसिएसन यूकेको अधिवेशन ६ जुन २०२२ मा हुनेभएको छ । सो अधिवेशनको टुंगो गत सोमबार बसेको जुम बैठकद्वारा निर्णय भएको हो। बैठक संस्थाका अध्यक्ष दधि आचार्यको अध्यक्षतामा बसेको थियो।

अध्यक्ष आचार्यका अनुसार संयुक्त अधिराज्यमा रहेका नेपाली सेफहरुको साझा सेफ एसोसिएसनले निर्वाचन संयोजकमा सोलिसिटर राजु थापालाई चयन गरेको छ । सोलिसिटर थापाले थप दुई जना निर्वाचन समिति सदस्य मनोनयन गर्ने अध्यक्षआचार्यले जानकारी दिएका छन्।

आचार्यका अनुसार भुर्चअल रुपमा अनलाइन माध्यमबाट गरिने निर्वाचन कार्यक्रम निर्वाचन संयोजक थापाले चाडै सार्वजनिक गर्नेछन् । उनका अनुसार थापाले मतदाता नामावली, उम्मेदवार मिति र भोटिङसहितको पुर्ण तालिका केही दिनमा सार्वजनिक गर्नेछन् ।तीन बर्ष अघि सर्वसम्मत रुपमा अध्यक्ष चुनिएका आचार्यले यस पटक पनि एसोसिएसनमा सर्वसम्मत नेतृत्व चयन हुने अपेक्षा गरिएको पनि बताए ।

संस्थाले धादिङको निलकण्ठ १४ स्थित तमैरातमाटे माध्यमिक विद्यालयमा पुस्तकालय निर्माणका लागि १० लाख रुपैंया पठाएको थियो । त्यस्तै, नेपालमा मानविय सहयोग कार्यहरुमा हातेमालो गर्दै आएको छ। सन् २०१२ मा बेलायतमा रहेका नेपाली सेफहरु आफ्ना हकहितका लागि संगठित हुदै संस्था गठन गरेका थिए ।

यदि भविष्यमा पुन: नेतृत्व सम्हाल्ने मौका मिलेमा बेलायतमा कार्यरत नेपाली सेफहरुको हकहित र अधिकारका लागि आवाज उठाउने तथा नयाँ योजनाहरु ल्याउने जानकारी गराएका छन।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!