आदरणीय अग्रज, बुद्धिजिबी तथा मित्रज्युहरुमा लण्डनबाट आदरपूर्बक नमस्कार !
०५ मार्च २०२२ बेलायत। गैर आबशीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद २०२१-२३ का नवनिर्वाचित सह-महासचिब रामशरण सिमखडाज्युले समस्त नेपालीहरुलाई गहिरो भूमिका बाध्दै हार्दिक आभार सहित धन्यवाद दिनुभएको छ। कृपया पढ्नु होला उहाँको भनाइ नेपाली र अंग्रेजीमा जस्ताको त्यस्तै।
गैर आवासीय नेपाली संघको वर्तमान परिस्थतिलाई नीति कथाबाट शुरुवात गर्न चाहे। तिन मित्रहरु धन, विद्या र विस्वाश संगै रहन्थे । कारणबस उनीहरुलाई छुट्टीन पर्यो र छुट्टिने बेला फेरी कहीं भेट्ने सल्लाह गर्दै धनले भन्योः म उद्दम , मेहनत र नबिन योजनाहरुमा हुनेछु ! विद्याले भन्योः म विज्ञान र जिज्ञासुहरु बिच भेटीने छु । विश्वासले दुखीहुंदै भन्योः माफ गर मेरा प्रियजन हो एक पटक छुटे पछी म फेरी कहिल्यै भेटिन्न संधैको लागी जान्छु ।
गैरआवसीय नेपाली संघमा हामी करिब यस्तै कहिल्यै नभेटीने विन्दुमा “विश्वास” गुमाउने परिस्थितीमा पुगिसकेको थियौ । जानेर वा नजानेर, होस वा बेहोसीमा हामीले यो संघको शाख, सस्थापकहरुको इज्जत र आम नेपाली चाहे स्वदेशमा हून वा परदेशमा उहांहरुको आशा र भरोसामा न्याय गरेका छैनौ । हामीलाई हेर्ने नजिरयामा बदलाब आएको हामीलाई हेक्का छ । बिदेशमा बसेर सिकेका ज्ञान मार्फत मातृभूमीको संमृद्धीको सपना अहिले जनजनको ओठमा खिल्लीको श्लोक बनेको पनि याद छ। तर मडारियको कालो बादलमा समेत चांदिको घेरा देख्ने तपाई हामी यो असहजतामा पनि कैयौ गाली खाएरै पनि, आफ्नै प्रिय सहकर्मीहरुको आरोप हांसी हांसी सहेर पनि यो संस्थालाई ठूलो दुर्घटनाबाट बचाउंदै, अनेकन असहमतिहरु हुंदा हुदै पनि यो अप्रिय निर्णयलाई शिरोधार्य गर्नु एक सच्चा गैरआवासीय नेपाली संघको शुभचिन्तकको कर्तब्य ठहरेको छ ।
कुनै राजनेताले भनेझै २ पाईला टेक्ने जमिन बांकी रहे सुन्दर संसार जित्न सकिएला – पहिले त्यो टेक्ने जमिन बर्करार राखौ । अहिले हामीले त्यसै गरेका छौ ! भनिन्छ –“मेरो भिषण असहमती छ तर निर्णय मान्दछु” । यो संस्था क्षतबिक्षत हुनबाट अग्रजहरुको पहल र तपाईहामी जस्ता अनुशासित कार्यकर्ताको सुझबुझबाट अहिलेलाई जोगिएको छ र अप्राकृतिक निर्णय एक पटकको लागी अनुहारमा कालो पोतेरै भए पनि स्वीकार गरिएको छ ।
म अलि खुलेरै लेख्न चाहेः विगतले हामिलाई गर्बिलो चुनौती र अवसर दुबै छोडेर गएको छ । यो १८ महिना हामीमा थोरै संयमता, विवेक र जिम्मेवारीपन देखिएन भने यो टेकोले धेरै थेक्दैन । हामी बिचमा तेरो र मेरो, आफ्ना र पराया भन्दै हिजोकै घेरा भित्र हामी रुमल्लियौ र हिजो नजिक रहेका हाम्रा साथिहरुलाई त्यसरीनै दिक्षित गर्दै गर्यौ भने यो संस्थाको भबिश्य संगसंगै हामी आफ्नै बदनामी समेत सोचे भन्दा कहालीलाग्दो पाउने छौ ।
म मा केही चुनौती छ यसलाई अवसरमा रुपान्तरण गर्छु, थोरै समय भएर के भो त म यसको भरपुर सदुपयोग र परिणाममुखी काममा केन्द्रीत गर्दै हामी आफैले कोरेका तमाम अबैधानिक लक्षमण रेखाहरु लाई चिर्दै “सबैको हात – एकै साथ” बनाउने सतप्रयास गर्यौ भने यो विषय अवस्थाबाट उठाउंदै पुरानै आलोकमा फर्काउने ईतिहांस समेत रच्ने छौ – यी सबै हामी उपर नै समयले गतिलो अवसर समेत दिएको छ ।
म ब्यक्तिगतरुपमा हिजो कसैलाई उपल्लो ओदामा पुर्याउन लागेहोला, म बाट समेत जान अन्जानमा केही गलत भएका होलान, जानी जानी बोलेझै लाग्दैन तर अन्जानमा कसै प्रति ठेस पुर्याएको रहेछु भने आत्मआलोचित छु । मेरो कारणले यो आन्दोलनको गतिमा कमि नआवस भनेर सचेत हुंदै यो बांकी कार्यकाल सफल बनाउन मेरो तर्फबाट तिनै जना अध्यक्ष मार्फत सम्पूर्ण कार्यसमितिलाई विना आग्रह-पूर्बाग्रह सघाउन एक कदम अघीनै रहने प्रतिबद्धता ब्यक्तिगतरुपमा समेत गरेसकेको छु भने पुनः दोहोर्याउन चाहान्छु।
यस गैरआवासीय अभियानमा औपचारीक रुपमा सन २००४ को उत्तरार्धमा एनसीसी यूके बनाउने क्रमदेखी जोडिदै संस्थापक मध्ये एक हुंदै आज पर्यन्त कुनै न कुनै रुपमा परोक्ष सहभागीता जनाउंदै आएको थिए तर अन्तराष्ट्रीय परिषदको कार्यकारी पदमा पहिलो पटक सचिबको आकांक्षीको रुपमा अगष्ट २०२१ देखि निरन्तर साथ-सहयोगको लागी अभिलाषी बन्दै रहे । यस ८ महिना लामो चुनाबी अभियानमा हजारौ साथीहरु जोडिनु भएको छ ।
सयौ अग्रजहरुको मार्गदर्शन प्राप्त भएको छ, दर्जनौ शुभेच्छुक-शुभचिन्तकहरु अहोरात खटिई म सचिब भएको देख्न चाहानु हुन्थ्यो र म आफै पनि एक पटक यसै पदमा रही जे जती सकिन्छ संस्थागत बिकास र बिधानको सर्बोच्चता कायम गर्न प्रतिबद्ध थिए । परिबन्दले ‘उपमहासचिब’ बनी हिजै मात्र कर्मभूमी बेलायत फर्केको छु । यस क्रममा मलाई मार्गदर्शन गर्नु हुने अग्रजहरु, तपाई डेलिगेट्स साथीहरु, कार्यसमितिका सहकर्मी मित्रहरु, मेरो अभियानमा सकृय मेरा प्रियजनहरु सबै प्रति आभार सहित धन्यबाद ज्ञापन गर्दछु ।
माथी पृष्ठभूमीमा भनेझै यो बांकी कार्यकालमा ति विश्वाशलाई बर्करार राख्न, कहिल्यै टुट्न नदिन र थोरै टुटेका मनहरु जोड्न प्रति पूर्ण न्याय गर्ने, हिजोको तिक्तता र बिग्रहलाई मेट्ने र पदिय जिम्मेवारीलाई निष्ठापूर्बक सम्पादन गर्ने पूर्ण प्रतिबद्धता जाहेर गर्दै हिजोका दिनहरुमा झै यहांहरुको मार्गदर्शन, हौषला र साथको समेत अपक्षा गर्दछु।
जय एनआरएन ।
यस आन्दोलनमा तपाईको;
रामशरण सिमखडा
उप-महासचिब
गैरआवासीय नेपाली संघ अन्तराष्ट्रीय समन्वय परिषद २०२१-२३
Dear Seniors, Delegates, Committee members and friends,
As always, I wanted to start the current situation of the Non-Resident Nepali Association with a moral story. The three friends lived together with wealth, knowledge and faith. For some reason they separated and at the time of farewell, they were convinced to meet again. The Wealth said,” I will be busy in my own business, the Knowledge said: I will meet between science and curiosity. Faith said sadly: “I’m sorry, my dear. Once I’m gone, I’ll never see you again.”
In the Non-Resident Nepali Association, we were in a position to lose “faith” at a point and we would never meet again. Knowingly or unknowingly, consciously or unconsciously, we have not done justice to this association, the dignity of the founders and the hopes and trust of the common Nepali, whether at home or abroad, we did not preserve it. No word can explain the situation, the way things have changed.
I also remember that the dream of the prosperity of the motherland through the knowledge learned while living abroad has now become a joke on the lips of the people. But you can see the silver lining even in the black cloud. Even though we have been insulted a lot by this inconvenience, despite the accusations of our own dear colleagues, we are still saving this organization from a big accident.
As some politicians have said, the beautiful world can be conquered if there are only two feet of land left – first preserve that land. Now we have done just that! There is a saying, “I strongly disagree, but I accept the decision.” The organization has now been spared from being harmed by the initiative of the elders and the understanding of the disciplined cadres like you and us, and the unnatural decision has been accepted only once, even with a blamed face.
I want to write a little more openly: The past has left us both challenges and opportunities. If we don’t show a little bit of restraint, discretion, and responsibility during these 18 months, we will not get this support. We have become entangled in the circle of yesterday by saying between you and me, our own and others and if we continue to indoctrinate our close friends in the same way, then the future of this organization as well as our own notoriety will get worse than expected. I have a challenge, but with faith in myself, I will turn it into an opportunity. In a short time, I will focus on its full utilization and result-oriented work. Time has given us the opportunity to do all this.
Personally, I may be trying to take someone to the upper echelons yesterday, I may have unknowingly done something wrong, even if I don’t know it, but I am self-critical if I am hurting someone unknowingly. I would like to reiterate my personal commitment to take a step forward to support the entire working committee through the three chairpersons without any prejudice to make the rest of the tenure successful, realizing that the cause of this movement will not slow down due to me.
Being one of the founders of the NCC UK, formally involved in the non-resident campaign since its inception in late 2004, has been indirectly involved in some form or another, but aspiring for the post of Secretary-General of the International Council for the first time since August 2021. Thousands of friends have joined us in this 8-month long election campaign. Guided by hundreds of elders, dozens of well-wishers worked day and night to elect me as a secretary, and I myself once held this position, committed to institutional development and the supremacy of the legislature as much as possible.
I have just returned to the UK to become the Deputy Secretary-General due to the ban. I would like to express my gratitude to all the elders who have guided me in this process, you delegates, friends of the present committee, and my loved ones who are active in my campaign. As mentioned above, for the rest of our tenure, we are fully committed to upholding these beliefs, never letting them break and reconnecting the broken hearts, eradicating yesterday’s bitterness and enmity and faithfully fulfilling his post responsibilities.
As we all know in the workplace, “POOR LEADERSHIP IS THE NUMBER ONE REASON YOUR EMPLOYEES QUIT”. I am committed to make NRN a better organization with top leadership.
Jai NRN.
In this movement sincerely your;
Ram Sharan Simkhada
Deputy Secretary-General
Non-Resident Nepali Association International Coordinating Council 2021-23






