पहार ट्रष्ट नेपालको नवौं वार्षिक साधारणसभा सम्पन्न

SHARE:

पोखरा २३ चैत्र । विगत २९ वर्षदेखि नेपालको ग्रामिण भेकको २१ जिल्लामा शैक्षिक पुर्वाधार विकास तथा वातावरण निर्माणका लागि क्रियाशिल पहार ट्रष्ट नेपालको नवौं वार्षिक साधारणसभा पोखरामा सम्पन्न भएको छ।

साधारणसभाको उद्घाटन गर्नुहुदै प्रमुख अतिथि गण्डकी प्रदेशसभाका उपसभामुख सिर्जना शर्माले पहार ट्रष्ट नेपालले अत्यन्तै उदाहरणीय कार्य गरिरहेकोमा प्रसंशा गर्नुभयो। अभाव, विपन्न एवम अत्यावश्यक शिक्षा,स्वास्थ्य क्षेत्रमा भौतिक निर्माण, पुर्वाधार विकास, पुस्तकालय अभियान, तालिम लगायत छात्रवृत्ति वितरण गर्दै अनुकरणीय कार्य गरेको उहाँले बताउनुभयो। उहाँले पहार ट्रष्टले तिनतहको सरकारसँग थप सहयोग माग गर्दै अघि बढ्न सुझाव दिनुभयो। उपसभामुख शर्माले पहार ट्रष्टले अति आवाश्यक ठाँउमा उज्यालो प्रदान गर्ने कार्यक्रमको निरन्तरताको शुभकामना व्यक्त गर्नुभयो।
कार्यक्रममा पहार ट्रष्ट नेपालका संस्थापक अध्यक्ष एवम प्रमुख संरक्षक चन्द्रबहादुर गुरुङले करिब २९० शिक्षालय, ६५ पुस्तकालय निर्माणका साथै ६० हजार भन्दा बढी लाभान्वित गराउदै पहार ट्रष्ट अघि बढिरहेको बताउनुभयो। पहार ट्रष्ट प्रचारमा भन्दा काममा विश्वास राख्ने भएको कर्ममा जुटिरहेको बताउनुभयो।

गैरसरकारी महासंघ कास्कीका अध्यक्ष डा.बुद्धिबहादुर थापाले शुभकामना व्यक्त गर्नुहुदै लामो समयदेखि बिना प्रचार अत्यन्तै महत्वपुर्ण कार्य गरेकोमा पहार ट्रष्टलाई बधाई ज्ञापन गर्नुभयो। उहाँले आगामी योजनालाई व्यवस्थित गर्न पहार ट्रष्टले केही आन्तरिक प्राविधीक प्रवन्ध मिलाउन सुझाउ दिनुहुदै महासंघले आवाश्यकता अनुसार सहयोग गर्ने बताउनुभयो।

प्रमुख सल्लाहकार एवम परिकल्पनाकार क्या.पुर्णबहादुर ह्योल्मोले शुभकामना व्यक्त गर्नुहुदै पहार ट्रष्टको केही ऐतिहासिकताको चर्चा गर्नुहुदै श्रोतको सरकारले पहार ट्रष्टले जसरी सदुपयोग गरे नेपालको विकास कति अघि बढ्थ्यो भन्नुभयो। नेपाल राष्ट्रिय बाल अधिकार परिषद एवम पहार ट्रष्टका आजीवन सदस्य भिमलाल गुरुङले लक्षित समुहमा योजना पुर्याउन पहार ट्रष्ट अघि बढिरहेको भन्नुहुदै विद्यालयको वातावरण सुरक्षित, शैक्षिक र अनुकुलित हुनुपर्नेमा जोड दिनुभयो। कार्यक्रममा पहार ट्रष्ट युकेका अध्यक्ष टिम मिचेलको लिखित शुभकामना व्यक्त गरिएको थियो भने पुर्वी नेपालको तर्फबाट पञ्चकृष्ण मावि धनकुटाका होमबहादुर राई,पश्चिम नेपालको प्रतिनीधित्व गर्दै हिमालय मिलन मावि ताङतिङका प्रधानाध्यापक ओम प्रकाश गुरुङले शुभकामना व्यक्त गर्नुभएको थियो।

कार्यक्रममा महासचिव कृष्णबहादुर गुरुङले बार्षिक प्रतिवेदन, कोषाध्यक्ष रिना थापामगरले आर्थिक प्रतिवेदन, कार्यलय प्रमुख कान्ता घलेले आगामी आर्थिक वर्षका लागि करिब साढे ७ करोडको योजनाहरु प्रस्तुत गरिएको थियो। प्रस्तुत प्रतिवेदनहरु साधारणसभाले पारित गरेको थियो।
पहार ट्रष्ट नेपालका अध्यक्ष बिजुलीबहादुर गुरुङको अध्यक्षता, लक्ष्मी थापाले सञ्चालन गर्नुभएको कार्यक्रममा भगवान पन्तले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!