स्थानीय तहको निर्वाचनका लागि आजैदेखि आचारसंहिता लागू

SHARE:

काठमाडौं चैत २५ ।

निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनका लागि आजैदेखि आचारसंहिता लागू गरेको छ।

आयोगले कार्यालयमा पत्रकार सम्मेलन गर्दै मतदानको ३५ दिनअघि आचारसंहिता लागू गरेको हो। आचारसंहिता यसअघि नै राजपत्रमा प्रकाशित भइसकेको छ। प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले आचारसंहिता कार्यान्वयन हुनेमा आफूहरु ढुक्क रहेको बताए ।

पत्रकारले सोधेको प्रश्नमा जवाफ दिँदै प्रमुख आयुक्त थपलियाले उल्लंघन गर्नेलाई कानुन बमोजिम कारबाही गर्न आयोग दृढ रहेको बताए । निर्वाचन लड्ने स्थानीय तहका जनप्रतिनिधिले राजीनामा दिनुपर्ने विषय सर्वोच्च अदालतमा विचाराधीन रहेकाले त्यहाँबाट आउने अन्तिम निर्णय बमोजिम नै हुनेगरी आचारसंहिता लागू हुने आयोगको भनाइ छ।

प्रमुख आयुक्त थपलियाले अब आयोगले राजीनामा भन्दा पनि स्वघोषणालाई जोड दिने बताए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!