राजदूत आचार्यले भने: बेलायतसँगको वार्तामा गोर्खाको मुद्दा प्राथमिकताका साथ उठाउँछौं

SHARE:

लण्डन अप्रिल ९ ।

बेलायतका लागि नवनियुक्त नेपाली राजदूत ज्ञानचन्द्र आचार्यले निकट भविष्यमा हुने बेलायतसँगको वार्तामा गोर्खाको मुद्दा प्राथमिकताका साथ उठाउने बताएका छन् ।

तमुधिं यूकेले राजदूत आचार्यको सम्मानमा शनिबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफै नेतृत्वमा रहने भएकोले गोर्खाको इस्यु प्राथमिकतासाथ उठाउने बताएका हुन् । गोर्खाको असमान पेन्सनलगायत विषयमा बेलायतसँगको वार्ताका लागि नेपाल सरकारले राजदूतको नेतृत्वमा वार्ता टोली गठन गरिसकेको छ ।

राजदूत आचार्यले नेपाल र बेलायतको २०८ वर्षको लामो समयदेखिको युनिक सम्बन्ध रहेको भन्दै यसलाई विस्तार गर्नमा आफूले ध्यान दिने बताए ।
तमुधिं यूकेले नेपालमा प्राकृतिक प्रकोपलगायतको अठ्यारो बेला दिएको सहयोगप्रति हार्दिक आभार व्यक्त गरे । नेपालमा पहिलो आगलागी र दोस्रो पानीसम्बन्धी विपत्तिबाट ठूलो क्षति गर्ने गरेको उल्लेख गर्दै अब त्यस्ता विपत्ति नआओस् भन्न कामनासमेत गरे । यस्तै तमुधिं यूकेले नेपाली मेला, गोर्खाकपजस्ता महत्वपूर्ण वार्षिक कार्यक्रमहरु गर्नु स्वागतयोग्य रहेको भन्दै उनले तमुधिं यूकेले सबैलाई एकताबद्ध भएर बस्ने वातावरणलाई निरन्तरन्ता दिनुपर्नेमा जोड दिए ।

तमु धिं यूकेका अध्यक्ष हित काजी गुरुङको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथि नवनियुक्त राजदूत आचार्य थिए । कार्यक्रममा राजदूत पत्नि सुनिता आचार्य, राजदूतकी उपनियोग प्रमुख रोशन खनाल, तमुधिं यूकेका पूर्वअध्यक्ष सुर्जे रामचन्द्र गुरुङ, ज्ञाम गुरुङ, निवर्तमान अध्यक्ष नन्दजंग गुरुङ,तमुधिं यूके आमा समूह अध्यक्ष तथा तमुधिं यूकेकी प्रथम महिला मञ्जु सीता गुरुङ, शाखा अध्यक्षहरु, टस्टीहरु, कार्यसमितिका वरिष्ठ उपाध्यक्ष, उपाध्यक्षहरु, सल्लाहकारहरुलगायतको उपस्थिति थियो ।

महासचिव परशु गुरुङले सञ्चालन गरेको कार्यक्रममा विभिन्न गीतमा सांस्कृतिक नृत्य प्रस्तुति भएको थियो ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!