
०९ अप्रिल २०२२ बेलायत । मगर संघ युकेको सातौँ महाधिवेशन बेलायतको फार्नबोरोस्थित स्यामूल कोडी स्पोर्ट कलेजमा सम्पन्न भएको छ। सो महाधिवेशनमा अध्यक्षको लागि प्रत्यासी तथा मगर संघ युकेका बरिष्ठ उपाध्यक्ष सीता पुनमगरले २१६ मत प्राप्त गरेर अध्यक्षमा बिजयी भएका छन भने अर्का प्रत्यासी तथा उपाध्यक्ष राम गलामीमगरले २१३ मत प्राप्त गरेर उपविजेता बनेका छन।
अन्य पदहरुमा बरिष्ठ उपाध्यक्षमा लालबहादुर पुनमगर, उपाध्यक्षहरुमा क्रमश: रुद्र थापामगर, होम रोकामगर, महिला उपाध्यक्षमा निर्मला थापामगर, सचिबमा गुमानसिंह थापामगर, सह-कोषाध्यक्षमा थाम बहादुर रोकामगर, सदस्यहरुमा रुकबहादुर आलेमगर, गोमानसिंह पुनमगर, सरला थापा रोकामगर, नुनु पाइजा मगर, टेन्याङ्ग (सरु) गुरुङ रानामगर, सुशिला मगर, रमेश दुरामागर, मोहन बहादुर थापामगर, किशोर रानामगर, नरेश थापामगर र बोधबिक्रम थापामगर निर्बिरोध निर्वाचित भएका छन।
संस्थाको महासचिब, कोषाध्यक्ष र एक सदस्यमा उमेद्वारीको मनोनयन नपरेको हुँदा तत्काललाई खालिनै राखेको र भविष्यमा नवनिर्वाचित कार्यसमितिले नै मनोनित गर्ने जानकारी निर्वाचन मण्डलका सचिब नरेश खपाङ्गीमगरले गराएका छन।







