
०९ मार्च २०२२ बेलायत । जयराम तामाङ
०८ अप्रिल शुक्रबारको दिन नेपाली समाज विल्सायरद्वारा आयोजित सुइण्डन स्थित पन्जाबी हलमा नयाँबर्ष २०७९ को कार्यक्राम भव्यताको साथ् सम्पन्न भएको छ। चर्चित लोक गायक बिरु लामा र पहिलो वाइवाइ नेपाली स्टार २०२१ कि बिजेता एलिना गुरुङको दमदार प्रस्तुति को साथमा सयपत्री नेपाली कल्चरल ग्रुप फानबरोका स्थानिय कलाकारहरु को साथमा अतिनै रमाइलो को साथमा कार्यक्रम भएको थियो।
दुइ बर्ष सम्म कोरोना महामारीको कारणले कुनै पनि ठाउँमा जमघट तथा भेटघाट भएर रमाइलो गर्न नपाएर खुम्चिएर बस्नु बाध्य भएको थियो तर यस बर्ष सरकारले नियम खुकुलो बनाएर जनताहरुलाई केहि सहजीकरण गरेको ले धेरै समय पछि त्यसरी भेटघाट तथा रमाइलो गर्नलाइ धेरै मानिसहरुको उपस्थिति रहेको थियो।
२०७८ साल लाइ बिदाइ गरेर २०७९ लाइ स्वागत गर्न केहि दिन बाँकि छंदै विल्सायरबासी नेपालीहरु आंतुरिका साथ रमाइलो तथा मनोरंजन गर्न जुटेका थिए। विभिन्न किसिमका परिकारहरुको स्वाद लिए पछि महिला तथा पुरुष सबै एकै ठाउँमा कम्मर मर्काइ मर्काइ नाचेका थिए। कार्यक्रम मा राफल चिट्ठा पनि राखेको थियो। चिट्ठामा प्रथम हुनेलाई एक तोला सुन , दोस्रो हुनेलाई दुइ सय पाउण्ड र तृतीय हुनेलाई एक सय पाउन्डको पुरस्कार को पनि ब्यबस्था गरेको थियो। वेल्शाएर नेपाली समाजले दुइ बर्षको अवधिमा गरेका विभिन्न किसिमका काम अनि कार्यक्रमहरुका भिडियोहरु पनि कार्यक्रम देखाएको थियो।
कार्यक्रम तयारीको लागि बिहानै देखि र कार्यक्रम सकेर पनि बिहान २ बजे सम्मै समाजका पदाधिकारीहरु खटिएका थिए। कार्यक्रममा प्रमुख अतिथिको रुपमा सुइण्डन बरो काउन्सिलका मेअर गेरी पर्किन रहेको थियो भने अतिथिको रुपमा हिन्दु मन्दिरका चेअर्मेन प्रदीप भारद्वाज, डेभिड बेल, क्रिस्टिना टिपर ,क्रिस वाट, अब्दुल अमिन, सुरेस गट्टपुर, राफ कम्म्युनिटि इन्गेजमेन्ट लिडरका शिब चन्द, इन्डियन हाईकमिसन ब्रिगेडिअर बिक्रम सिंह गिल, तमुधि युके का प्रेसिडेन्ट हितकाजी गुरुङ , जोइण्ट चिफ एजुकेटिभ वेल्शाएर कम्युनिटि फ़ौण्डेसनका भिकी हिन्क्ली, नेल हप्किन र सितल पाटि डटकम का प्रधान सम्पादक तथा पत्रकार महासंघका सदस्य बाचस्पति रेग्मी को उपस्थिति रहेको थियो।
नेपाल र बेलायतको राष्ट्रिय गाना बजाउदै मेअर गेरी पर्किन र समाजका अध्यक्ष ज्ञान गुरुङ ले पानसमा बत्ति बालेर कार्यक्रम को उद्घाटन गरेको थियो। हेल्थ एण्ड सेफ़्टिको बारेमा नेपाली समाज वेल्शाएर का उपाध्यक्ष खगेन्द्र गौचनले गरेका थिए। कार्यक्रम समाजका सचिब भवानी गुरुङले संचालन गरेका थिए भने सास्कृतिक कार्यक्रम ग्याल्छ्या होल्मोले संचालन गरेका थिए।
कार्यक्रममा सयपत्री नेपाली कल्चरल ग्रुपका कलाकारहरुलाई अध्यक्ष गुरुङले नगद तथा प्रमाण पत्र वितरण गरेका थिए।







