टी-२० वरियतामा नेपालको सुधार, १२ औँ स्थानमा उक्लियो

SHARE:

काठमाडौं अप्रिल १० ।

नेपाल टी-२० अन्तर्राष्ट्रिय क्रिकेटको विश्व वरियतामा १२ औँ स्थानमा उक्लिएको छ ।

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आइसिसीले आइतबार ताजा वरियता सार्वजनिक गरेको हो । नेपाल एक स्थानमाथि उक्लिएको छ। घरेलु मैदानमा आयोजित त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखला जितेपछि नेपालको वरियता सुधार भएको हो ।

विश्व वरियतामा भारत शीर्षस्थानमा छ । इङ्गल्यान्ड दोस्रो, पाकिस्तान तेस्रो, न्युजिल्यान्ड चौथो, दक्षिण अफ्रिका पाँचौँ, अस्ट्रेलिया छैटौँ, वेस्ट इन्डिज सातौँ, अफगानिस्तान आठौँ, बङ्गलादेश नवौँ, श्रीलङ्का दशौँ र जिम्बावे ११ औँ स्थानमा रहेको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!