किरात राई यायोक्खा बेलायतको अठारौं स्थापना दिवस मनाइयो

SHARE:

लण्डन अप्रिल ११ ।

बेलायतमा बसोबास गर्ने किरात राई जातिको साझा प्रतिनिधिमूलक संस्था किरात राई यायोक्खा बेलायतको अठारौं स्थापना दिवस मनाइएको छ।

संस्थाको आफ्नै भूमि, किरात राई हाउस ग्याम्बल्स लेन वकिङमा शनिबार एक विशेष कार्यक्रमसहित स्थापना दिवस मनाइएको हो । बेलायतमा स्थायी तथा अस्थायी रुपमा बसोबास गर्ने नवागन्तुक किरात राई अभियन्ताहरुले आफ्नो समुदायको तत्कालिन आवश्यकताहरुका साथै दिर्घकालिन सोचहरु समेत राखेर अठार वर्षअघि १२ अप्रिल २००४ मा संस्थाको स्थापना गरेका थिए ।

अध्यक्ष चन्द्रबहादुर राईको अध्यक्षतामा सम्पन्न अठारौं स्थापना दिवस समारोहको प्रमुख अतिथि नाक्छुङ पूर्खा किताबसेर राई थिए भने विशेष अतिथिहरुमा किरात राई यायोक्खा केन्द्रीय कार्यसमिति नेपालका उपमहासचिव शुभचन्द्र राई र किरात राई विद्यार्थी संघ केन्द्रीय कार्यसमितिका अध्यक्ष रामचन्द्र राई थिए । त्यसैगरी, किरात राई तायामा खियामा महिला समिति बेलायतका अध्यक्ष रोजी राई, किरात राई यायोक्खा बेलायतको स्थानीय समन्वय परिषद ग्रेटर रस्मोरका अध्यक्ष ध्रुवसरी राई, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ युकेको निवर्तमान अध्यक्ष प्रमिला लाबुङ राई, गैर आवासीय नेपाली संघ यूकेका पूर्व उपाध्यक्ष हिराधन राई, किरात राई चाम्लिङ खाम्बातिमका संस्थापक अध्यक्ष तथा किराया बेलायतको सल्लाहकार जगतबहादुर राई, बार्ड अफ डाईरेक्टर मेजर रिटायर्ड ईन्द्र राईका साथै संस्थाका पूर्व अध्यक्ष तथा वर्तमान सल्लाहकार रामधन राई र संस्थाको पूर्व अध्यक्ष तथा वर्तमान प्रमुख सल्लाहकार पदम राई विइएम को समेत कार्यक्रममा उपस्थिति थियो।

कार्यक्रममा उपाध्यक्ष रिटायर्ड क्याप्टेन सुमनचन्द्र राईले उपस्थित सबैलाई हेल्थ एन्ड सेफ्टी ब्रिफिङ गरेका थिए भने कार्यक्रम संयोजक एवम् उपाध्यक्ष अनिता चाम्लिङ राईले स्वागत मन्तव्य राख्दै अठारौं स्थापना दिवस कार्यकमको औचित्य प्रकाश पारेकी थिइन् । त्यसअवसरमा अध्यक्ष चन्द्रबहादुर राईले संस्थाको संक्षिप्त इतिहास प्रस्तुत गरेका थिए भने अगुवा अभियन्ता, संस्थापक साथै संस्थाका पूर्व अध्यक्ष रामधन राईले संस्था स्थापनाको इतिहासलाई अझ प्रस्ट्याउदै आफ्नो अनुभव शेयर गरेका थिए । पूर्व अध्यक्ष तथा प्रमुख सल्लाहकार पदम राई विइएमले संस्थापकहरुको योगदानको कदर गर्दै आफ्नो कार्यकालमा संस्थाले गरेको विकासको साक्षी बस्न पाएकोमा खुशी व्यक्त गरे।

अठारौं स्थापना दिवसका अवसरमा किरात राई यायोक्खा बेलायतका अगुवा अभियन्ता तथा संस्थापकहरुलाई फेटा गुथाएर सम्मानपत्रसहित सम्मान गरिएको थियो। भिमबहादुर राई, रामधन राई, डम्बर राई, नेपालधन राई, गजेन्द्रकुमार राई, हिराधन राई र चन्द्रबहादुर राई लगायतका अगुवा अभियन्ता तथा संस्थापकहरु सम्मानित भएका थिए । कार्यक्रम सञ्चालन संस्थाका उपमहासचिवद्वय बिनोद पुमा राई र प्रमिला लाबुङ राईका साथै महासचिव चन्द्रवती राईले गरेका थिए भने आमन्त्रित अतिथिहरुको स्वागत,सत्कारमा उपाध्यक्षहरु मेजर रिटायर्ड दिलकुमार राई र निलम राई खटिएका थिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!