शहबाज शरीफ पाकिस्तानका २३ औँ प्रधानमन्त्री निर्वाचित

SHARE:

एजेन्सी अप्रिल ११ ।

पाकिस्तान मुस्लिम लिग नवाजका नेता शहबाज शरीफ पाकिस्तानको नयाँ प्रधानमन्त्री निर्वाचित भएका छन् ।

उनि पूर्वप्रधानमन्त्री नवाज शरीफका भाइ पनि हुन् । प्रधानमन्त्री पदका लागि शहबाज शरीफ पाकिस्तानको संयुक्त विपक्षको साझा उम्मेदवार थिए । आज सोमवार नेशनल असेम्बलीमा भएको विश्वासको मत प्रस्तावमा उनले एक सय ७४ मत प्राप्त गरे। यस्तै पाकिस्तान तेहरिक ए इन्साफ पीटीआई पार्टीका उम्मेदवार शाह महमुद कुरेशीले एक मत पनि पाएनन् ।

यसअघि नेशनल असेम्बली सुरु हुनुबित्तिकै इमरान खानसहित पीटीआई पार्टीका सदस्यहरूले त्यहाँको संसदको तल्लो सदन नेशनल असेम्बलीबाट राजीनामा घोषणा गरेका थिए । इमरान खानले अमेरिकी षड्यन्त्रका कारण आफूलाई सत्ताबाट हटाइएको दाबी गरेका छन् । हिजो आइतवार नेशनल असेम्बलीमा अविश्वास प्रस्ताव पारित भएपछि पदमुक्त भएका इमरान खानको ठाउँमा शहबाज शरीफ देशको २३ औँ प्रधानमन्त्री भएका हुन् ।

शहबाज शरीफमाथि लेनदेनसँग जोडिएको एउटा मुद्दा चलिरहेको छ र यसको सुनुवाई अप्रिल २७ मा हुने तय भएको छ । यसैबीच अदालतले उनलाई अप्रिल २७ सम्म पक्राउ गर्नका लागि रोक लगाएको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!