क्यामरुनको एक नाइट क्लबमा आगलागी हुँदा १६ जनाको मृत्यु

SHARE:

एजेन्सी १३ अप्रिल ।

अफ्रिकी मुलुक क्यामरुनको एक नाइट क्लबमा आगलागी हुँदा १६ जनाको मृत्यु भएको छ ।

क्यामरुनको बास्टोस जिल्लामा रहेको लिभ्स नामको नाइटक्लबमा गरिएको आतिशबाजीका कारण आगलागी भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । आगलागीमा सयौं मानिस घाइते भएका छन् । सयौं मानिस भेला भएका बेला आगलागी भएपछी भागदौड मच्चिएको थियो ।

नाइटक्लब नजिकै राजदुत र कुटनितीज्ञहरूको निवास रहेकाले आगलागी हुने बित्तिकै उनीहरूको निवास खाली गराइएको थियो । नाइटक्लबको तल्लो तलाबाट शुरु भएको आगो दुई तलासम्म फैलिएको थियो ।

घाइतेहरुको अवस्था गम्भीर रहेका कारण मृतकको संख्या बढ्न सक्ने अनुमान गरिएको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!