साहित्यकारहरूले लन्डनमा मनाए नेपाली नयावर्ष २०७९ साल

SHARE:

13 April London, बेलायत स्थित नेपालीहरूको जेठो साहित्यिक संस्था नेपाली साहित्य विकास परिषद् युके ले सिर्जना वाचन र स्वागत सम्मान गर्दै साहित्य र सङ्गीत भव्यरूपमा नेपाली नया वर्ष उत्साहवर्धकरूपमा मनायो । भर्चुअलरूपमा आयोजना गरिएको समारोहलाई संवोधन गर्नुहुँदै प्रमुख अतिथि परिषद्का पदेन संरक्षक महामहिम राजदूत ज्ञानचन्द्र आचार्यले विदेशमा नेपाली पहिचान जिवन्त राख्ने नेपाली भाषा साहित्य संस्कृति जस्ता मूलभुत कुराहरूलाई संरक्षण र समृद्ध गर्न नेपाली साहित्य विकास परिषद् युके. ले निरन्तर गरेका गतिविधिहरू अत्यन्त सराहनीय छन् भन्नु भयो । समारोहमा परिषदको संरक्षकत्त्व ग्रहण गर्दै राजदूत आचार्यले नेपाल र नेपालीको पहिचान समृद्धि हुने परिषद्का यस्ता सिर्जनात्मक कार्यहरूमा राजदूतावासको सहयोग र सहभागिता निरन्तर रहिरहने विस्वास व्यक्त गर्नु भयो । राजदूत आचार्यले पुरस्कृत सर्जकहरूमा वधाईतथा शुभकामना व्यक्त गर्नुभयो ।
समारोहमा परिषद्को नेपाल च्यापटरका प्रमुख सल्लाहकार संयोजक वरिष्ठ कवि साहित्यकार गोपाल पराजुलीले बेलायतमा नेपाली साहित्यको समृद्धि बढाउने कार्यमा नेपाली साहित्य विकास परिषद् युकेले महत्वपूर्ण योगदानपु-याइरहेको चर्चा गर्नु भयो ।यसैगरी परिषद्का संस्थापक तथा पूर्व अध्यक्ष वरिष्ठ साहित्यकार सुरेशजङ्ग शाहले सन् १९९५ मा नेपाली साहित्य विकास परिषद् युके को स्थापना हुँदा तत्कालिन महामहिम राजदूत सूर्यप्रसाद श्रेष्ठको सल्लाह सहमति र सहभागिता बाट नै बेलायत स्थित नेपाली राजदूत परिषद्को पदेन संरक्षक रहने परिपाटी भएको र तत्पश्चात पाल्नु भएका सबै राजदूतज्यूहरूबाट नेपाली साहित्यको श्रीबृद्धि गर्नेकार्यमा परिषदमा गरिमामय सहभागिता र सहयोग रहँदै आएको चर्चा गर्नु भयो ।
सभापतिको आसनबाट बोल्नु हुँदै परिषद्का अध्यक्ष वरिष्ठ कवि कोमलप्रसाद श्रेष्ठ मल्लले हाम्रो नेपाली पहिचान बोकेको नया वर्ष मनाएर हामीले हाम्रो गाउँ घर चौतारी र भञ्ज्याङहरूलाई सम्झिरहेका छौँ भन्नुहँदै पिरषद्का विविध क्रियाकलापहरूको बारेमा चर्चा गर्नु भयो ।
यसैगरी परिषद्का पूर्व अध्यक्ष तथा बिबिसी नेपाली सेवाका पूर्वप्रमुख वरिष्ठ पत्रकार कवि खगेन्द्र नेपालीले हामी यसरी नै सिर्जनाले सिञ्चेर परिषद्को स्थापनाकाल देखि नै आफ्नो माटोको सुवासना बोकेको नेपाली नया वर्ष मनाउँदै आइरहेका छौ र परिषदमा राजदूतावासको प्रत्यक्ष संलग्नताले विशेष महत्व राख्दछ भन्नु भयो ।अर्का वक्ता तमुधी सेन्टर लन्डन कमिटीका पूर्व अध्यक्ष समाजसेवी डेभिड गुरुङले नेपाली साहित्यको समृद्धि बढाउने कार्यमा परिषद्ले गहन योगदान पु-याउँदै आएको चर्चा गर्नुहुँदै परिषद्का यस्ता कार्यहरूमा आफ्नो सहयोग र सहभागिता रहने कुरा बताउनु भयो ।
समारोहमा स्वागत मन्तव्य गर्नुहुँदै परिषद्का सह अध्यक्ष कवि रेशम अर्यालले हामी जहाँ पुगे पनि हाम्रो भाषा साहित्य संस्कृति सँगै बोकेर आएका छौँ यसैलाई जोगाउने कार्यमा परिषद् लागि परेको छ र नया वर्ष उत्सव मनाउने कार्य पनि यी मध्यकै एक हो भन्नु भयो ।
यस अघि कार्यक्रमको शुभारम्भ गर्नुहुँदै परिषद्का महासचिव कवि वीरेन्द्र कुँवरले बेलायतको भूमिमा नेपाली भाषा साहित्यलाई जोगाउँदै लगेर नेपाल र नेपालीको पहिचान फैलाउने कार्यमा नेपाली साहित्य विकास परिषद्ले साहित्यिक गतिविधिहरू गर्दै आएको चर्चा गर्नु भयो ।
कार्यक्रमको सञ्चालन गर्नुहुँदै रोयल बरो अफ ग्रीनवीच नेप्लीज कम्युनिका अध्यक्ष तथा यती नेपाली एसोसिएसन युकेका सामाजिक सचिव सक्रिय समाजसेवी युवा जित रानाभाटले नेपाली नया वर्ष आगमनको शुभ साइत पारेर नेपाली साहित्य विकास परिषद् युके ले नया राजदूत र सर्जकहरूलाई सम्मान अभिनन्दन गर्नु अत्यन्त प्रशंसनिय छ भन्नु हुँदै सिर्जना वाचन र गीतसङ्गीतको संयोजन गरेर नया वर्षको उत्सव प्रेरणामूलकरूपमा मनाएको छ भन्नुभयो ।यसअघि अध्यक्ष कोमलप्रसाद श्रेष्ठ मल्लले परिषद्को आठौँ पदेन संरक्षकको रूपमा राजदूत ज्ञानचन्द्र आचार्यलाई स्वागत सम्मान अभिनन्दन-पत्र पढेर अभिनन्दन गर्नु भएको थियो ।
समारोहमा साहित्य सिर्जनाका लागि एनएलडिसी नेपाली साहित्य पुरस्कारबाट पुरस्कृत वरिष्ठ कवयित्री हिन्दनैञा वैद्य र गीतसङ्गीत कलाका लागि एनएलडिसी साहित्यकला पुरस्कारबाट पुरस्कृत वरिष्ठ कलाकार प्रमोद शर्मालाई प्रमुख अतिथि परिषद्का संरक्षका महामहिम राजदूत ज्ञानचन्द्र आचार्यले सुशोभन गराउनु भएको थियो । नेपाल, भारत र बेलायतका सर्जकहरूको सहभागिता रहेको उक्त समारोहमा कलाकार सन्तोषी सिंहले कलकत्ता , भारतबाट सुमधुर कन्ठमा नेपाली राष्ट्रीय गीतहरू गाएकी थिईन भने वरिष्ठ कलाकार प्रमोद शर्माले लन्डनबाट सुमधुर गीतहरू गाएका थिए।
यसैगरी कविता वाचनमा भागलिने २२ जना कविहरूमा वसन्त रायक्षेत्री, खगेन्द्र नेपाली, वासु सापकोटा, हिन्दमैया बैद्य, डम्वर सिंह ‘प्रयास’ , गोकुल भण्डारी, डा.माधवी भट्ट, घन बहादुर थापा, रेशम अर्याल, डा. सुधा श्रेष्ठ, बासु शर्मा, डेबिड गुरुङ, मोहन आचार्य ‘जलद’ , सीता भण्डारी, केशव रुपाखेती , ललिता दोषी, गंगा लिगल,गोपाल पराजुली ,सुरेशजङ्ग शाह र कोमल मल्ल आदि थिए समारोहमा नेपाली राजदूतावासका उपनियोग प्रमुख रोशन खनाल, सैनिक सहचारी क.रतन गोदार लगायत विभिन्न साहित्यिक तथा सामाजिक संस्थाका प्रमुख तथा प्रतिनिधिहरूको उत्साहवर्धक सहभागिता रहेको थियो ।नेपाली साहित्य विकाष परिषद् युके ले आफ्नो स्थापनाकाल सन् १९९५ देखि नै नेपाली नया वर्ष साहित्य सन्ध्याकोरूपमा मनाउँदै आएको छ । गत वर्ष देखि भने कोरोनाका कारण भर्चुअलरूपमा मनाएको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!