नेपालसँग कुटनीतिक सम्बन्ध राख्ने देशको सङ्ख्या १ सय ७६ पुुग्यो

SHARE:

काठमाडौं अप्रिल १३ ।

नेपालले थप दुई देशसँग कुटनीतिक सम्बन्ध कायम गरेको छ ।

बुधवार परराष्ट्र मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले नेपालले पछिल्लो पटक दक्षिण सुडान र बेलिजसँग कुटनीतिक सम्बन्ध जोडेको बताए । उनका अनुसार सरकारले २९ मार्च २०२२ मा दक्षिण सुडान र २ अप्रिल २०२२ मा बेलिजसँग दौत्य सम्बन्ध कायम भएको हो । योसँगै नेपालसँग अहिलेसम्म विश्वका एक सय ७६ वटा देशले कुटनीतिक सम्बन्ध जोडेको छ ।

प्रवक्ता लम्सालले रुस र युक्रेनबीच भएको युद्धको विषयमा अन्तर्राष्ट्रिय मञ्चहरूमा आएको प्रस्तावहरूमाथि सरकारले महत्त्वका आधारमा मतदान गरेको बताए । उनले नेपालले राष्ट्र सङ्घको निकायमा भएको मतदानमा अहिलेसम्म भएका चार मत युक्रेनको पक्षमा हालेको पनि बताए। प्रवक्ता लम्सालले पछिल्लो समय श्रीलङ्का र पाकिस्तानमा भएका घटनाक्रमलाई मन्त्रालयले नियालिरहेको र नेपालले त्यसबाट पाठ सिकेर अघि बढ्ने पनि बताए ।

उनले नेपाल र पाकिस्तान दुवै देश दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन सार्क शिखर सम्मेलन छिटो गर्ने पक्षमा रहेको पनि बताए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!