चितवन एड ट्रस्टको आयोजनमा लन्डन सेफर्डबुसमा रक्तदान कार्यक्रम सम्पन्न

SHARE:

लन्डन १४ अप्रिल २०२२ । चितवन एड ट्रस्ट(क्याट) यूकेको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

लन्डन सेफर्डबुसस्थित वेष्टफिल्ड शपिङ सेन्टरमा गत आइतबार आयोजित कार्यक्रममा एक दर्जन बढीले रक्तदान गरेका छन् । रक्तदान कार्यक्रममा रक्तदाताहरुको हौसलाका लागि लन्डन दूतावासकी उपनियोग प्रमुख रोशन खनाल पनि उपस्थित थिइन्। उनले रक्तदान गर्न योग्य सबैलाई प्रोत्साहित गर्नुपर्ने धारणा राखेकी थिइन्। त्यस अवसरमा क्याट यूके अध्यक्ष रितेशराज पाण्डेले सबै रक्तदाता एवम् कार्यक्रम सफल पार्न योगदान दिनेहरुप्रति संस्थाको तर्फबाट आभार प्रकट गरेका थिए। उनले सबै रक्तदाताहरुलाई खादा ओढाएर सम्मान गरेका थिए ।

कार्यक्रमका संयोजक डा सुरज पौडेल आफैलले रक्तदान गरी कार्यक्रम शुभारम्भ गरेका थिए। बिहानको सेसनमा अध्यक्ष रितेशराज पाण्डे, उपाध्यक्ष रघु दाहाल, कार्यसमिति सदस्य किशोर श्रेष्ठ, निर्मल राना, किरण शाही, उपकार बास्कोटा र लन्डनको नेपाली दूतावासका कर्मचारीद्वय विक्रम श्रेष्ठ र गोविन्द सुन्दासले रक्तदान गरेका थिए। त्यस्तै, दिउँसोको सेसनमा कार्यसमिति सदस्य दीपेन्द्र अधिकारी, एनआरएनए यूके उपाध्यक्ष सुनिलबाबु खड्का, क्याट यूकेकी पूर्व उपाध्यक्ष भगवती रानाभाट, मुना पौडेल शाही, राजेन्द्र पाठक, युवराज गुरुङ र अन्त्यमा भरत श्रेष्ठले रक्तदान गरेका थिए।

क्याट यूकेका अध्यक्ष पाण्डे, कार्यक्रम संयोजक डा पौडेल लगायतका पदाधिकारीले अन्तिम दाताले रक्तदान गरुञ्जेल कार्यक्रमस्थलमै खटिएर उनीहरुको हौसला बढाउने प्रयास गरेका थिए। अध्यक्ष पाण्डेले एक जनाले दान गरेको रगतले अरु कसैलाई जीवनदान हुने भन्दै यस्ता पुण्य कार्यलाई संस्थाले आगामी दिनमा पनि नितन्तरता दिंदै जाने बताए ।

कार्यक्रममा क्याट यूकेका संस्थापक अध्यक्ष कपिल श्रेष्ठ, पूर्वअध्यक्ष कृष्ण गुरुङ, उपाध्यक्ष राजु आचार्य, पूर्व सहसचिव डा मीन रानाभाट लगायतको पनि उपस्थिति थियो।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!