
नगेन्द्रराज नेम्वाङ
लन्डन १६ अप्रिल २०२२ । किरात याक्थुङ चुम्लुङ युकेद्वारा आयोजित १३ औं यलम्बर हाङ कप प्लमस्टिड एफसीले हात पारेको छ ।
शनिबार भएको प्रतिस्पर्धामा प्लम्स्टिड एथलेटिक एफसीले फाइनल पेनाल्टी सुटाउटमा ब्रिगेड ब्वाइजलाई ४-२ ले पराजित गरी उपाधि जितेको हो । मुख्य समूहमा ब्रिगेड ब्वोइजबाट सुदीप गुरुङले सबैभन्दा धेरै गोल गरे भने प्लमस्टिड एथ्लेटिकबाट उत्कृष्ट खेलाडी विशाल तामाङ छानिए । विजय टिमलाई यलम्बरहाङ कप, एक हजार पाउन्ड नगद र इन्डिभिजुल ट्रफी प्रदान गरिएको थियो ।
प्रतियोगिता चार समूहले खेलेका थिए । मेन टिम, भेटेरेन, सुपर भेटेरेन र महिला टिम । महिला समूहको फाइनलमा केवाईसी बेजिङ्स्टोक शाखालाई ६-० ले केवाईसी थामेन्दिङमा समूह बिजयी भयो । महिला समूहमा थामेन्दिङमा टिमबाट टप स्कोर प्रिया थापा बनिन् भने उत्कृस्ट खेलाडी केवाईसी बेजिङ्स्टोक शाखा टिमबाट नबिना लिम्बु बनिन् ।

सुपर भेटेरेन समूहमा धरान एफसी रनरअप भए भने हाम्पसायर एफसी बिजय भए । टप स्कोरर धरान एफसीका रेशम राई भए भने उत्कृष्ट खेलाडी हाम्पसायर एफसीका गोलकिपर बिर बलाल बने । भेटेरेन समूहमा इलाम एफसी उपविजेता र धरान ११ ले विजय हासिल गर्यो । टप स्कोरर सुभास राईले बनाए भने उत्कृस्ट खेलाडी भिम लिम्बु घोषित भए ।
चार समूहमा विभाजित फुटबल प्रतियोगितामा जम्मा ४८ टिमले भाग लिएका थिए । प्रमुख अथिति विष्णु गुरुङ मेयर अफ हन्स्लोलाई लिम्बुहरुको लोकप्रिय च्याब्रुङ नृत्य प्रदर्शन गरी स्वागत गरेका थिए । प्रतियोगितालाई संस्थाका अध्यक्ष नरबिर आङ्बोले उपस्थित सम्पूर्ण खेलाडी, दर्शक प्रतियोगिता सन्चालनमा खटिएका कार्यसमितिलाई धन्यवात प्रकट गर्दै कार्यक्रम समापन गरेका थिए ।
नरबिर आङ्बोको अध्यक्षतामा सम्पन्न फुटबल प्रतियोगिता विशेषा अथिति काउन्सिलर प्रवेश केसी उपस्थित थिए । संयोजन उपाध्यक्ष अमृता पालुङ्वा सबेन्हिमले गरेका थिए भने कार्यक्रम सन्चालन महासचिव जुरेन्द्र खजुमले गरेका थिए । केवाईसीले हरेक वर्ष यलम्बर हाङ कम सञ्चालन गर्दै आएको छ ।







