प्रवासी नेपालीहरुको भूमिका विषयक प्रशिक्षण कार्यक्रम सम्पन्न

SHARE:

लन्डन १७ अप्रिल २०२२ ।


आगामी वैशाख ३० गते नेपालमा हुन गइरहेको आसन्न स्थानीय तहको निर्वाचनमा प्रवासी नेपालीहरुको भूमिका विषयक प्रशिक्षण कार्यक्रम बेलायतमा सम्पन्न भएको छ ।

प्रवासी नेपाली एकता मञ्च बेलायतले जुममार्फत आयोजना गरेको प्रशिक्षण कार्यक्रममा पूर्व उपप्रधानमन्त्री एवम् एमालेका सचिव टोपबहादुर रायमाझीले प्रशिक्षण दिएका थिए । नेकपा एमाले केन्द्रीय सदस्य तारादेवी राई तथा प्रवासी नेपाली एकता मञ्च अन्तर्राष्ट्रिय कमिटीका अध्यक्ष भक्त गुरुङ विशेष अतिथि रहेको प्रशिक्षणमा विश्वभरका करिब ४० जना एमाले समर्पित कार्यकर्ता तथा शुभेच्छुहरु जुममा भेला भएका थिए ।

प्रवासी एकता मञ्च बेलायतका अध्यक्ष सुरेन्द्र थपलियाले अध्यक्षता गरेको प्रशिक्षणमा कार्यक्रम संयोजक एवम् संस्थाका उपाध्यक्ष बालकृष्ण भुसालले कार्यक्रम सञ्चालन गरेका थिए । प्रशिक्षणमा फ्रान्सका भक्त वाग्ले, स्पेनका हेम शेर्पालगायतले शुभकामना मन्तव्य दिएका थिए । प्रशिक्षणले नेपालमा हुन गइरहेको स्थानीय निर्वाचनका लागि आर्थिक, सामाजिक एवम् फोनमार्फत भए पनि एमालेका उम्मेदवारलाई विजयी गराउन सहयोग गर्ने बताइएको छ ।

स्मरणीय छ बेलायतमा बस्ने सबै पार्टी समर्पित नेपालीहरुले स्थानीय निर्वाचनका लागि सहयोग गर्ने प्रतिबद्धता आ-आफ्ना कार्यक्रममार्फत जानकारी गराएका छन् । विशेषगरी एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र समर्पित कर्यकर्ता नेपाल जाने भएका छन् भने कतिपय शुभेच्छुक नेपालमा नै छन् । आज भएको प्रशिक्षणपश्चात् कमिटीको आन्तरिक छलफल गरी आर्थिक सहयोग गर्ने भएको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!