एनआरएनए अध्यक्ष आचार्यद्वारा बेलायती प्रधानमन्त्रीलाई नेपाल भ्रमणको निम्तो

SHARE:

लण्डन अप्रिल २० ।

गैर आवासीय नेपाली संघ एनआरएनएका अध्यक्ष कुल आचार्यले बेलायती प्रधानमन्त्री बोरिस जोन्सनलाई नेपाल भ्रमणको निम्तो दिएका छन् ।

आचार्यले जोन्सनको आसन्न दक्षिण एसिया भ्रमणका क्रममा नेपालपनि आउन निम्ता गरेका छन् । बेलायतमा नै ब्यवसाय गरिरहेका आचार्यले नेपाल र बेलायत बीचको मित्रवत सम्बन्ध बिश्वमा उदाहरणीय रहेको भन्दै गोर्खाहरुमार्फत सम्बन्ध अझ प्रगाढ बनेको बताए । भूकम्प जाँदा होस् या कोरोना महामारी जस्ता हरेक कठिनाईमा बेलायतले नेपाललाई गरिरहेको सहयोगप्रति धन्यवाद व्यक्त गर्दै उनले नेपाल र बेलायतको सम्बन्धलाई अझ उचाइमा पुर्याउनका लागि नेपालको छिमेकी देश भारत भ्रमण गर्दै गर्दा नेपाल पनि भ्रमण गर्न निम्ता गरेका छन् ।

प्रधानमन्त्रीको कार्यालय, नेपालका लागि बेलायती राजदूत लगायतलाई अधिकारिक पत्राचार गरेर निमन्त्रणा पठाएको अध्यक्ष आचार्यको सचिवालयले जानकारी दिएको छ । बेलायत नेपालको सबैभन्दा ठुलो बिकास साझेदार रहेको र दुई देशबीच उच्च स्तरमा भेट र वार्ता हुन सके एक आपसमा चौतर्फी सहयोग र बिकासका आयामहरुमा अगाडि बढाउन सकिने पनि आचार्यले बताएका छन् ।

नेपाल र बेलायतको २०० बर्षको इतिहासमा बेलायती राजपरिवारको नेपाल भ्रमण पटक/पटक भएपनि प्रधानमन्त्रीको भम्रण हालसम्म नभएको भन्दै दुइ देश बीचको एतिहासिक सम्बन्ध थप मजबुत बनाउने भन्दै उनले जोन्सनलाई नेपाल भ्रमण गर्ने निम्ता दिएका छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!