मनोनयन दर्ता व्यवस्थित र शान्तिपूर्ण बनाउन निर्वाचन अधिकृतहरुलाई आयोगको निर्देशन

SHARE:

काठमाडौं अप्रिल २३ ।

स्थानीय तह सदस्य निर्वाचनका लागि आइतबार र सोमबार हुने मनोनयन दर्तालाई व्यवस्थित र शान्तिपूर्ण ढङ्गले सम्पन्न गर्न गराउन निर्वाचन आयोगले मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतहरुलाई निर्देशन दिएको छ ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलद्वारा शनिबार जारी गरिएको विज्ञप्तीमार्फत सो निर्देशन दिइएको हो । कानून बमोजिमको योग्यता पुगेका सबै नागरिकको स्थानीय तह सदस्य निर्वाचनमा उम्मेदवार बन्न पाउने नैसर्गिक अधिकारमाथि कहीँ कतैबाट कुनै अवरोध आउन नदिन आयोगले भनेको छ । आयोगद्वारा जारी विज्ञप्तीमा भनिएको छ, “निर्धारित दुई दिनमध्ये कुनै दिन दल वा स्वतन्त्र उम्मेदवारको मनोनयन दर्ता हुन आएको खण्डमा सोही दिन उम्मेदवारको मनोनयन दर्ता गर्ने व्यवस्था मिलाउन मुख्य निर्वाचन अधिकृतको कार्यालय र निर्वाचन अधिकृतको कार्यालयलाई जानकारी गराइन्छ ।”

आयोगले वैशाख ११ गते विहान १० बजेदेखि ५ बजेसम्म र सोमबार १२ गते विहान १० बजेदेखि साँझ ५ बजेसम्म मनोनयन दर्ताको समय निर्धारण गरेको छ । बिगतको स्थानीय तहको निर्वाचनमा उम्मेदवारको मनोनयन दर्ताको कार्यक्रम एक दिन रहेको भएपनि एक दिनमा मनोनयन दर्ता गर्दा उम्मेदवार, राजनीतिक दल, निर्वाचन अधिकृतको कार्यालय समेतलाई कार्य चाप धान्न कठिन भएको देखिएकाले यस पटक दुई दिन समय निर्धारण गरेको आयोगको भनाई छ ।

“मनोनयन दर्ताका लागि दुई दिनको समय दिन उपयुक्त हुने भन्ने राजनीतिक दल तथा अन्य सरोकारवालाबाट आयोगलाई सुझाव प्राप्त भएको आधारमा स्थानीय तह सदस्य निर्वाचन, २०७९ मा मनोनयन दर्ताको कार्यक्रम दुई दिन राखिएको हो” आयोगको विज्ञप्तीमा उल्लेख छ । सोे समयमा आफ्नो अनुकूल समय मिलाई सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा गई उम्मेदवारहरुले आफ्नो मनोनयन दर्ता गर्न आयोगले सबैमा अपिल गरेको छ ।

कतिपय स्थानमा राजनीतिक दलका उम्मेदवारलाई गोला प्रथाद्वारा उम्मेदवार मनोनयन दर्ता गर्ने दिन तोकिएको भन्ने सूचना आयोगमा प्राप्त भएकाले सो विषयमा आयोगको गम्भीर ध्यानाकर्षण भएको आयोगले विज्ञप्तीमार्फत प्रष्ट पारेको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!