गोर्खाली समाज यूकेको अध्यक्षमा ढकाल

SHARE:

लन्डन २४ अप्रिल २०२२ । गोर्खाली समाज यूकेको अध्यक्षमा अशोक ढकाल सर्वसम्मत चयन भएका छन् ।

लन्डन साउथ ह्यारोस्थित ह्यारो बरो फुटबल क्लबमा शनिबार भएको समाजको आठौं अधिवेशनले ढकालको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो । ढकाल यसअघि तीन पटक महासचिव भइसकेका थिए । अध्यक्षका अर्का दावेदार हेमकुमार गुरुङ अन्तिममा ढकाललाई नै जिम्मेवारी सुम्पन राजी भएपछि निर्वाचनमा जानु परेन । अधिवेशनले वरिष्ठ उपाध्यक्षमा हेमकुमार गुरुङ, महिला उपाध्यक्षहरु टकमाया गुरुङ र माया गुरुङ मिचेल एवं कोषाध्यक्षमा सागर ढकाललाई सर्वसम्मत निर्वाचित गरेको छ । बाँकी सदस्यहरु समाजको पहिलो बैठकले मनोनयन गरि कार्यसमितिलाई पूर्णता दिइनेछ ।

प्रमुख निर्वाचन आयुक्त भरत रोकाले नयां कार्यसमिति घोषणा गरेका थिए । निर्वाचन समितिमा विष्णु तामाङ, सुरबहादुर घले, शकुन्तला गुरुङ र जगत थापा आयुक्त थिए । नवनिर्वाचित अध्यक्ष ढकालले संस्थाको उद्देश्य र मर्म अनुरुप अगाडि बढ्ने जनाउंदै खातामा हाल रहेको ७७ लाख रुपैयांलाई एक करोडसम्म पुरयाइ कोषको सही सदुपयोग र पारदर्शीता अपनाउने, सदस्यता विस्तार, जुलाइमा समर भेटघाट लगायतका मुख्य प्राथमिकता सुनाए ।

अधिवेशन पर्यवेक्षण गर्न प्रमुख पर्यवेक्षकहरु आशिषराज पन्त, पर्यवेक्षक विकल आचार्य, राजकुमार गुरुङ, ऋषि खनाल र धनबहादुर घलेको टिम खटिएको थियो ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!