साइबर अपराध भन्नाले जति पनि अनलाइनमा हुने अपराध र सामाजिक सञ्जालको माध्यमबाट हुने गरिने अपराध हो । जोकोही पनि यसको सिकार हुन, बन्न सक्छन् । वर्षेनी लगभग ६० लाख (६ मिलियन) यस्ता घटना घट्ने गर्दछ । जुन संसारको कुल जनसंख्याको दस जनामा एक व्यक्ति पर्न जान्छ ।
साइबर अपराधको सिकारबाट बच्न निम्न उपायहरू अपनाउन सकिन्छ ।
१. एकदम दरिलो पासवर्डको प्रयोग गर्नु । कम्तीमा पनि १२ र १३ लामो अक्षर र केही अंक भएको पासवर्ड बनाऊनु ।
२. आफ्नो व्यक्तिगत विवरण जो पायो उसलाई अर्थात सामाजिक सञ्जालमा खुलासा गर्न हुँदैन ।
३. आफ्नो कम्प्युटर तथा सामाग्रीहरू भाइरसबाट सुरक्षित राख्नु वा एन्टीभाइरसको सदुपयोग गर्नु पर्दछ ।
४. कम्प्युटर, मोबाइल फोन र अन्य साधनहरूमा आवश्यकतानुसारको सफ्टवेयर अप्डेट गर्नु पर्दछ ।
५. भरपर्दो र वैधानिकता पाएको वेबसाइटबाट मात्र डाउनलोड गर्नु पर्दछ ।
६. इमेल र त्यहाँ भएका अटेचमेन्टहरू वैधानिक र विश्वासिलो श्रोतहरूबाट आएको भएमात्र खोल्नु ।
७. इन्टरनेट बैंकिग अर्थात् अनलाइन बैंकिगमा पैसाको कारोबार सुरक्षित र भरपर्दो वेबसाइटहरूबाट मात्र गर्नु, जस्तै सुरक्षित वेबसाइटको अगाडि जततउकस्रर चिन्ह दिइएको हुन्छ ।
८. सार्वजनिक वाईफाई प्रयोग नगर्नु राम्रो हुन्छ ।
९. आफ्नो (तपाईंको) साधनको सुरक्षित अप्डेट गर्न साइबर अवेरमा गएर थप जानकारी लिनु सक्नु हुन्छ ।
याद गर्नुहोस् बैंक, प्रहरी र अन्य सुरक्षित संस्थाहरू (निकायहरू)ले तपार्इंको व्यक्तिगत विवरण र आर्थिक विवरण इमेल, फोन र टेक्ट्स मेसेजमार्फत् माग्दैन, यदि मागेको खण्डमा दिनु हँुदैन र तुरुन्तै बैंक र प्रहरीलाई रिपोर्ट (खÞबर) गर्नु पर्दछ ।
यहाँहरूको केही प्रश्न र सुझाव भएमा मलाई द्दठज्ञघछ२जबलतकउय।िनयख।गप मा सम्पर्क गर्न सक्नु हुन्छ र केही घटना वा अपराधबारे रिपोर्ट गर्नु परेमा १०१ अथवा ९९९ मा आपतकालीन अवस्थाको बखतमा सम्पर्क गरी सम्बन्धित निकायलाई सही विवरण दिनु पर्दछ । सतर्क र सुरक्षित रहनुहोस्, धन्यवाद !
पुष्पा सुनुवार, पुलिस कन्सटेबल






