गुरुङ सोसाईटी केन्ट युकेको अध्यक्षमा डोलबहादुर गुरुङ निर्विरोध निर्वाचित

SHARE:

लण्डन अप्रिल २४ ।

गुरुङ सोसाईटी केन्ट युकेको अध्यक्षमा क्याप्टेन रिटायर्ड डोलबहादुर गुरुङ निर्विरोध निर्वाचित भएका छन् ।

गुरुङ सोसाईटी केन्ट युकेको शनिबार आशफोर्डको सेन्ट फ्रान्सिस चर्च कम्युनिटी हलमा सम्पन्न १४ औं वार्षिक साधारणसभा तथा आठौँ अधिवेशनले गुरुङलाई अध्यक्ष पदमा चयन गरेको हो । नयाँ कार्यसमितिको प्रथम उपाध्यक्षमा गोलमान गुरुङ, द्वितीय उपाध्यक्षमा ममता गुरुङ, महासचिवमा तोरण गुरुङ, कोषाध्यक्षमा क्याप्टेन रिटायर्ड भिष्मराज गुरुङ, सहकोषाध्यक्षमा सुनिता गुरुङ, साँस्कृतिक संयोजकमा इन्द्र गुरुङ, साँस्कृतिक सहसंयोजकमा पबित्र गुरुङ र उमा गुरुङ, महिला संयोजकमा तारा गुरुङ, महिला सहसंयोजकमा हीरा गुरुङ र देवी गुरुङ, मिडिया अनि वेवसाइटमा होम गुरुङ, खेलकुद सहसंयोजकमा सन्तोष गुरुङ, जेष्ठ नागरिक संयोजकमा बलवीर गुरुङ, खाना तथा जलपान व्यवस्थापनमा शेरबहादुर गुरुङ र यूवा संयोजकमा डा. सुदीक्षा गुरुङ निर्विरोध निर्वाचित भएका छन ।

त्यस्तै, कार्यसमिति सदस्यहरुमा गज गुरुङ, प्रेमबहादुर गुरुङ, कुमार गुरुङ, देबी गुरुङ र हरि गुरुङ छन् । रिक्त पदहरुमा नवगठित कार्यलमितिले मनोनयन गर्ने बताइएको छ । यसअघि गुरुङ सोसाईटी केन्ट युकेलाई ७ जना अध्यक्षहरुले नेतृत्व गरिसकेका छन । पहिलो चरणको वार्षिक साधारणसभामा कोषाध्यक्ष भीमप्रसाद गुरुङले आर्थिक प्रतिवेदन र महासचिव गोलमान गुरुङले वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । साधारणसभामा सदस्यहरुले संस्थाको सर्वोपरी हित र भावी कार्यक्रमका निम्ति सकारात्मक सुझावहरु दिदै हालसम्म भएका र हुँदै गरेका गतिविधिप्रति खुशी प्रकट गरेका थिए ।

उनीहरुले कार्यकाल पूरा गरेको सातौँ कार्यसमितिका सम्पूर्ण पदाधिकारीहरुलाई धन्यवाद दिए । पहिलो चरणको अन्तमा अध्यक्ष गुरुङले धन्यवाद मन्तव्य राख्दै सातौ कार्यसमितिको पदावधि समाप्त भएको घोषणा गरेका थिए । दोश्रो चरणमा समाजको आठौँ कार्यसमिति छान्न निर्वाचन कार्यक्रम राखिएको थियो । निर्वाचन समितिका प्रमुख क्याप्टेन रिटायर्ड भीष्मराज गुरुङ, क्याप्टेन रिटायर्ड शेरबहादुर गुरुङ र कमला ज्ञानु गुरुङले आठौँ कार्यसमिति सर्वसम्मत निर्वाचित भएको घोषणा गरेका थिए ।

समाजका नवनिर्वाचित अध्यक्ष क्याप्टेन रिटायर्ड डोलबहादुर गुरुङले सर्वसम्मत अध्यक्ष पदमा निर्वाचित गराएकोमा खुशी व्यक्त गर्दै सबैलाई धन्यवाद दिए । नवनिर्वाचित अध्यक्ष गुरुङ यसअघि गुरुङ सोसाईटी केन्ट युकेका प्रथम उपाध्यक्ष थिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!