गुल्मी जिल्ला समाज यूकेको अध्यक्षमा विरबहादुर बलाल निर्विरोध

SHARE:

लन्डन २६ अप्रिल २०२२ । गुल्मी जिल्ला समाज यूकेको अध्यक्षमा विरबहादुर बलाल निर्विरोध भएका छन् ।

अध्यक्ष पदमा उम्मेदवारी दर्ता गरेका मतिप्रसाद पुन र तारानाथ भण्डारीपछि हटेपछि बलाल सर्वसम्मत अध्यक्ष बन्ने भएका हुन् । समाजको सातौँ अधिवेशन आगामी मे १ मा अल्डरसटको प्यालेस हलमा हुँदैछ । सोही अधिवेशनले समाजको नयाँ कार्यसमिति निर्वाचित गर्नेछ ।

अध्यक्ष पदमा उम्मेदवारी दर्ता गरेका तीनै जना उम्मेदवारहरुसँग आइतबार समाजका अगुवाहरुले अल्डरसटमा संयुक्त छलफल गरी सहमति जुटाएका हुन् । वर्तमान अध्यक्ष टोप पल्लीको पहलमा बसेको बैठकमा समाजका संस्थापक अध्यक्ष ओमप्रसाद थापा, पूर्वअध्यक्ष अर्जुन गौतम र राम गलामीका साथै सल्लाहकारहरु बालजंग अर्याल, दुर्गा पाण्डे, विनोद ज्ञवाली, रन केसी, राजन श्रेष्ठलगायतको उपस्थितिमा नेतृत्वमा सहमति गराइएको हो ।

अध्यक्षमा निर्विरोध बलाल समाजको वर्तमान कार्यसमितिका महासचिव हुन् । अध्यक्ष पदमा सहमति जुटेसँगै आगामी तीन वर्षे कार्यकालका लागि निर्वाचित हुने समाजको सिंगो कार्यसमिति नै सर्वसम्मत हुने भएको छ। डेढ दशकअघि स्थापित गुल्मी जिल्ला समाजमा पनि हरेक पटक सर्वसम्मतिमै नेतृत्व चयन हुँदै आएको छ । वर्तमान कार्यसमितिकी सचिव मञ्जु भण्डारी, कोषाध्यक्ष वरुण भण्डारी र सहकोषाध्यक्ष तारा भट्टराई उपाध्यक्षमा निर्विरोध भएका हुन् ।

अध्यक्ष र उपाध्यक्षबाहेक कार्यसमितिका अन्य सबै पद भने शुरुमै निर्विरोध भएका थिए । जसअनुसार महासचिवमा रुद्र थापा, सचिवमा महलाल घिमिरे, कोषाध्यक्षमा मुकुन्द खराल र सदस्यहरुमा डम्बरबहादुर श्रीष, राम पाण्डे, दुर्गा सापकोटा, राधा खरेल र मीना न्यौपाने निर्विरोध भएका छन्। सहकोषाध्यक्ष र केही सदस्यमा कुनै उम्मेदवारी परेको छैन ।

नयाँ कार्यसमिति निर्वाचन प्रक्रिया मीन दर्लामीको प्रमुख संयोजकत्वमा रन केसी सदस्यसचिव तथा मोति भण्डारी, केशव भण्डारी, क्या ताम ढेगा, ओम गुरुङ र चक्रबहादुर राना सदस्य रहेको निर्वाचन समितिले गरिरहेको छ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!