लुकेको ब्यथा

SHARE:

मस्को । जारी विश्वकप फुटबल फाइनलतर्फ आइपुग्दा यसको रोमाञ्चक्ता बढ्दो छ । केही टोली अघिल्लो चरणबाटै घर फर्किएपछि तिनका समर्थक निराश छन् । प्रतियोगितामा अघि बढिरहेका टोलीका समर्थकको उत्साह चुलिँदो छ । विश्वकपमा प्रतिस्पर्धा गरिरहेका खेलाडीहरू आफ्नो टोलीलाई फुटबलको सबैभन्दा ठूलो प्रतियोगिताको उपाधि दिलाउन सक्दो प्रयास गरिरहेका छन् । त्यही मेहनतमा लागेकामध्ये यस्ता केही खेलाडी पनि छन्, जो आफूसँग भएको पीडालाई भुलेर देशको सफलतामा लागिरहेका छन् ।

साथीको माया छातीमा

विश्वकपअन्तर्गत प्रिक्वार्टरफाइनल चरणको खेलमा गत मंगलबार डेनमार्कलाई टाइब्रेकरमा ४–३ गोलले पराजित गर्दै क्रोएसियाले क्वार्टरफाइनलमा स्थान सुरक्षित गर्दा गोलरक्षक डानिजेल सुबासिचले टाइब्रेकरमा विपक्षीको तीनवटा प्रहार असफल बनाउँदै उत्कृष्ट प्रदर्शन गरे । त्यही प्रदर्शनबारे पत्रकारको जिज्ञासा मेटाउने क्रममा उनीसँग जोडिएको एउटा तथ्य पनि बाहिर आयो, जसले धेरैलाई भावुक बनाएको छ ।

गोलरक्षक सुबासिच पछिल्लो १० वर्षयता आफ्नो अति नै मिल्ने साथी गुमाउनुको पीडासँग जुधिरहेका रहेछन् । गोलरक्षककै पोजिसनबाट खेल्ने सुबासिचका साथी हर्भौजे कुस्टिकको खेलका क्रममा टाउको भित्तामा ठोक्किएर २४ वर्षकै उमेरमा मृत्यु भएको रहेछ । त्यही पीडामा उनी आफ्नो हरेक खेलमा हर्भाेजेको तस्बिर भएको भित्री टीसर्ट लगाएर मैदानमा उत्रँदा रहेछन् । गत मंगलबार डेनमार्कविरुद्ध तीनवटा पेनाल्टी प्रहार रोकेर विश्वकप फुटबलकै कीर्तिमानी प्रदर्शन गर्दा पनि सुबासिचले ती साथीकै तस्बिर अंकित भित्री टिसर्ट लगाएका रहेछन् । त्यसबारे प्रश्न राख्दा सुबासिचले पत्रकार सम्मेलनमै आँसु झारेका थिए ।

बाबु अपहरणको खबर लुकाएर मैदान
समूहगत चरणको अति नै महत्वपूर्ण खेलमा नाइजेरिया बलियो प्रतिद्वन्द्वी अर्जेन्टिनासँग प्रतिस्पर्धा गर्दै थियो । समूह ‘डी’बाट प्रिक्वार्टरफाइनल चरणमा पुग्न नाइजेरियालाई बराबरीको नतिजा पर्याप्त हुने थियो । अर्जेन्टिनालाई भने कुनै पनि अवस्थामा जित आवश्यक थियो । खेल सुरु हुनुभन्दा केवल चार घन्टाअघि नाइजेरियाका कप्तान जोन अबी मिकेललाई अप्रत्याशित फोन आयो । फोनमा भनिएको थियो, ‘तीम्रो बुवालाई अपरण गरेका छौं । हामीले भनेको जति रकम दिएमात्र छाड्ने छौं । त्यसअघि कसैले पनि प्रहरीलाई खबर गरेमा तिम्रो बुवालाई गोली ठोकर मारिदिने छौं ।’ त्यो खबरले मिकेललाई ठूलो चोट पु¥यायो । तर, टोलीका कप्तान र महŒवपूर्ण खेलाडीको हैसियतले विश्वकप खेल्न आएको जिम्मेवारीलाई उनी कसरी बिर्सन सक्थे । उनले त्यो खबरलाई आफ्ना सहकर्मी खेलाडी र प्रशिक्षक समेतबाट लुकाएर राखे । मनभित्र पीडा र त्रास बोकेर पनि उनी अर्जेन्टिनासँग खेल्न मैदानमा उत्रिए । उनको टोली नाइजेरिया अर्जेन्टिनासँग पराजित हुँदै प्रतियोगिताबाट बाहिरियो ।

यद्यपि, मिकेलले देशका लागि खेल्न आफूमाथि परेको दुःखलाई लुकाएरै राखे । नाइजेरिया घर फर्किएपछि उनको व्यवस्थापन हेरिरहेको कम्पनीले विज्ञप्तिमार्फत यी सबै कुरा सार्वजनिक ग¥यो । नाइजेरियाको प्रहरीले अपहरणमा परेको सात दिनपछि मिकेलका पितालाई अपहरणमुक्त गराइसकेको छ ।

पिता बन्दाको खुसी
फुटबलरको जीवनमा विश्वकप खेल्नु जति महŒवपूर्ण हुन्छ, व्यक्तिगत जीवनमा पिता बन्नु अझ महŒवपूर्ण मानिन्छ । तर, देशको प्रतिनिधित्व गर्दै विश्वकप खेल्न जाँदा पिता बनेका खेलाडीहरूले भने त्यही क्षणमा आफ्ना श्रीमती र परिवारसँग रहेर खुसियाली मनाउन पाएनन् । त्यस्तै असहज परिस्थितिबाट गुज्रने खेलाडी हुन्— इङ्ल्यान्डका फाबियन डेल्फ, स्विट्जरल्यान्डका स्ट्राइकर ब्रिल इम्बोलो र डेनमार्कका डिफेन्डर जोनास कनुडसेन । यी तीनैजना खेलाडी आफ्नो सन्तानको जन्म हुँदा विदेशी भूमिमा देशको प्रतिष्ठा बढाउन पसिना बगाउँदै थिए ।

यी तीनैजना खेलाडी विश्वकपका लागि रुसमा रहेका बेला घरमा उनीहरूका नानी जन्मिएका थिए । डेनमार्कका खेलाडीले त आफ्ना साथीलाई जीवनकै महत्वपूर्ण खुसी अनुभव गर्न निजी विमान चार्टर गरेरै भर्खर जन्मिएकी छोरीको मुख हेर्न घरै पठाए । श्रीमतीले छोरी जन्माउँदा रुस पुगिसकेका जोनासले छोरी जन्मिएको खबर पाएपछि घर जाने अड्डी कसेका थिए । उनलाई पेरुविरुद्धको खेलमा जित हात पारेसँगै प्रशिक्षकले घर फर्कन अनुमति दिएका थिए ।

त्यसपछि टोलीका अन्य साथीले मिलेर निजी विमान चार्टर गरी उनलाई घर पठाएका हुन् । ‘हामीले मानवीय भावनाको पनि कदर गर्नुपर्छ’, डेनमार्कका गोलरक्षक कास्पर स्मेइचेलले भनेका थिए, ‘हाम्रो टोलीमा धेरै बुवाहरू छन् । हामी फुटबलर र बुवा पनि हौं ।’ आफ्नो निजी विमानमा घर पुगेका जोनास छोरीलाई हेरेर एक दिनपछि रुस फर्किएका थिए । यसैगरी इङ्ल्यान्डका प्रशिक्षक गारेथ साउथगेटले डेल्फलाई पनि आफ्नो भर्खर जन्मिएको बच्चालाई हेर्न जाने अनुमति दिएका थिए । ‘एउटा खेलाडीको जीवनमा फुटबलभन्दा पनि महत्वपूर्ण कुरा हुन्छन् । यस्तो अवस्थामा मानवीय नाताले पनि हामी संवेदनशील हुनैपर्छ’, साउथगेटले भनेका थिए, ‘यति बेला डेल्फको परिवारलाई उनको साथ आवश्यक छ ।’ आफ्नो सन्तान जन्म हुँदा डेल्फ कोलम्बियाविरुद्घको खेलको तयारी गर्दै थिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!