सिक्लेस पार्चे समाज यूकेको अध्यक्षमा जीतबहादुर गुरुङ 

SHARE:

लन्डन मे १ ।

सिक्लेस पार्चे समाज यूकेको पाँचौं अधिवेशन शनिबार सम्पन्न भएको छ।

तमुधिं भवन मिचेटमा सम्पन्न अधिवेशनले जीतबहादुर गुरुङको नेतृत्वमा सर्वसम्मत नयाँ कार्यसमिति निर्वाचित गरेको छ । नवनिर्वाचित १४ सदस्यीय कार्यसमितिको उपाध्यक्षमा रुपप्रसाद गुरुङ, महासचिवमा टंक मार्टिन गुरुङ, कोषाअध्यक्षमा शेरबहादुर गुरुङ, संस्कृतिक सचिवमा गम बहादुर गोरे गुरुङ, सहसचिवमा किर्तिमान गुरुङ, सहकोषाध्यक्षमा लालबहादुर गुरुङ, सहसंस्कृतिक संयोजकमा लाल क्होला गुरुङ छन् ।

त्यस्तै,सदस्यहरुमा जुनेश गुरुङ, इन्द्र प्रसाद गुरुङ, टंक गुरुङ पार्चे, विकास गुरुङ, सुनिल गुरुङ र टंक प्रसाद गुरुङ निर्वाचित भएका छन् । सल्लाहकार वीरध्वज गुरुङ प्रमुख निर्वाचन आयुक्त रहेको निर्वाचन समितिले नयाँ कार्यसमिति घोषणा गरेको थियो । नवनिर्वाचित पदाधिकारीहरुलाई निर्वाचन आयुक्तबाट आगामी जुलाई ३ तारिखमा हुने समाजको वार्षिक भेटघाट कार्यक्रममा शपथ ग्रहण गराइने भएको छ ।

यसअघि समाजका निवर्तमान अध्यक्ष कोलप्रसाद गुरुङको अध्यक्षतामा सम्पन्न अधिवेशनको पहिलो सत्रमा प्रस्तुत समाजको आर्थिक एवम् वार्षिक प्रतिवेदनहरुमाथि समिक्षा गरिएको थियो । कोषाध्यक्षका तर्फबाट आर्थिक प्रतिवेदन पेश गरेका अध्यक्ष गुरुङले समाजले सञ्चालन गरेका गतिविधिहरुबारे जानकारी पनि गराएका थिए ।

त्यसैगरी, विधान संशोधन समितिका संयोजक वीरध्वज गुरुङले विधान संशोधन प्रस्ताव पेश गरेका थिए। जसअनुसार तमुधिं यूकेका पूर्व अध्यक्ष नन्दजंग गुरुङलाई संस्थाको संरक्षकमा नियुक्त गर्ने प्रस्ताव हलले पारित गरेको थियो । कार्यक्रममा छिमेकी गाउँ ताङतिङ घर भएकी पहिलो नेपाल स्टार विजेता एलिना गुरुङलाई स्वागत तथा सम्मान गरिएको थियो ।

त्यसअवसरमा सल्लाहकार तथा पूर्व अध्यक्षहरु मीनप्रसाद गुरुङ, भीमप्रसाद गुरुङ, सुलबहादुर गुरुङ र नन्दजंग गुरुङले शुभकामना मन्तव्य दिएका थिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!