युक्रेनलाई सैन्य सहायता दिने बेलायती प्रधानमन्त्रीको घोषणा

SHARE:

लण्डन मे ३ ।

बेलायती प्रधानमन्त्री बोरिस जन्सनले मङ्गलबार युक्रेनका लागि थप ३० करोड बेलायती पाउण्ड ४५ अर्ब ९३ करोड ६० लाख रुपैयाँ० को सैन्य सहायता घोषणा गर्ने भएका छन् ।

जन्सनले भर्चुअल प्रविधिबाट युक्रेनी संसदलाई सम्बोधन गर्नेछन्। दोस्रो विश्वयुद्धताका तत्कालीन बेलायती प्रधानमन्त्री विन्स्टन चर्चिलले गरेको सम्बोधनको झल्को दिने प्रयास जन्सनले गर्नेछन् । नयाँ सैन्य सहायतामा युद्धका विद्युतीय उपकरण, राडार प्रणाली, जिपिएस अवरुद्ध गर्ने उपकरण र रातको अन्धकारमा पनि उज्यालोमा जस्तै प्रष्ट हेर्न सकिने हजारौं उपकरण समावेश हुनेछन् ।

गत साता बेलायतले रुसी विमानविरुद्ध क्षेप्यास्त्र प्रहार गर्ने सशस्त्र वाहन युक्रेनलाई ​दिने घोषणा गरेको थियो । अघिल्लो सहायतामा ट्याङ्कविरोधी मिसाइल, हवाई रक्षा प्रणाली र विभिन्न विस्फोटक समावेश थिए । बेलायतले किभमा दूतावास फेरि खोल्दैछ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!