विश्व बैंकले नेपाललाई थप १५ करोड अमेरिकी डलर दिने

SHARE:

काठमाडौं वैशाख २१ ।

विश्व बैंकले नेपाललाई थप १५ करोड अमेरिकी डलर दिने भएको छ ।

नेपालको वित्तीय क्षेत्रको स्थायित्व सुदृढ गर्न, वित्तीय समाधानको विविधीकरण गर्न र नेपालमा वित्तीय सेवामा पहुँच बढाउनका लागि विश्व बैंकले सो रकम ऋण सहायता स्वरुप नेपाललाई उपलब्ध गराउने सम्झौता भएको हो । बुधबार सिंहदरबारस्थित अर्थ मन्त्रालयमा एक कार्यक्रमका बीच अर्थसचिव मधु कुमार मरासिनी र विश्व बैंकका तर्फबाट माल्दिभ्स, नेपाल र श्रीलंकाका राष्ट्रिय निर्देशक फारिस हदाद जर्भोसले सो सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

कोभिड महामारी, जलवायु परिवर्तनका जोखिमहरूको सम्बोधन गर्नुका साथै डिजिटल भुक्तानी र वित्तीय समावेशीकरणको आयोजनाहरुलाई सम्पन्न गराउन सो ऋण सहायताले सहयोग पुर्‍याउने अर्थ सचिव मरासिनीले बताए । सम्झौता पत्रमा कोभिड-१९ महामारीको परिप्रेक्ष्यमा वित्तीय स्थायित्वका जोखिमहरूलाई सम्बोधन गर्न बैंकिङ क्षेत्रहरुको परिस्थिति पर्यवेक्षणलाई यो सहायताले सघाउने उल्लेख गरिएको छ ।

त्यसैगरी यसले पूँजी, बीमा र प्रकोप जोखिम वित्तीय बजारहरु खोल्न र नवीनतम वित्तीय सेवाहरुलाई प्रवर्द्धन गर्न पनि मद्दत गर्ने अर्थ सचिव मरासिनीले जानकारी दिए । निजी क्षेत्रको नेतृत्वमा हुन सक्ने वृद्धिलाई सहयोग पुर्‍याउने गरी वित्तीय क्षेत्रको कार्यशैली सुधार गर्न पनि यो ऋण सहायता उपयोगी हुने अर्थ मन्त्रालयले जनाएको छ ।

उता, माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि राष्ट्रिय निर्देशक जर्भोसले सबै वित्तीय बजारहरुमा विस्तारित जलवायु उत्थानशीलता एजेन्डाको सुरुवात गर्नुका साथै रुपान्तरणकारी वित्तीय क्षेत्र सुधारका कार्यक्रमहरुलाई सो ऋण सहायताले सघाउने स्पष्ट पारे ।

 

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!