बुद्ध फाउन्डेशन यूकेले २२ मेमा २५६६ औं बुद्ध जयन्ती मनाउने

SHARE:

लन्डन ५ मे २०२२ । बुद्ध फाउन्डेशन यूकेले यस वर्ष २५६६ औं बुद्ध जयन्ती मनाउने भएको छ ।

नेपाली राजदूतावास, पर्यटन बोर्ड र गैर आवासीय नेपाली संघको सहकार्यमा आगामी २२ मे आइतबार विशेष समारोहसहित ट्राफलगर स्क्वायर, लन्डनमा बुद्ध जयन्ती मनाउने तय भएको फाउन्डेशनका महासचिव लक्ष्मी श्रेष्ठले जानकारी दिइन् । कार्यक्रम तयारीका लागि फाउन्डेशनका उपाध्यक्ष सचिन श्रेष्ठको संयोजकत्वमा बुद्ध जयन्ती – २०२२ गठन गरिएको छ ।

बुद्धको नाम धर्मसँग मात्रै नजोडिएर दर्शन पनि हो जसले मानवजातिका लागि शान्ति एवं भ्रातृत्वको सन्देश विश्वसामु फैलाएको छ । ट्राफलगर स्क्वायरमा मनाइने बुद्ध जयन्ती केबल बौद्ध धर्मावलम्बीको मात्रै नभई सबै नेपालीहरुको गौरवको विषय भएको आयोजक संस्था फाउन्डेशनका अध्यक्ष दिपक श्रेष्ठले बताएका छन् । कार्यक्रम भव्य, सभ्य, प्रभावकारी एवं सन्देशूलक बनाउनुका साथै सबैलाई पायक पर्ने गरी बुद्ध जयन्ती कार्यक्रम ट्राफलगरमा राखिएको बताइएको छ ।

त्यस्तै कार्यक्रम संयोजक श्रेष्ठले कार्यक्रममा यथाशक्य आफ्नो जातीय भेषभूषामा सजिएर आइदिन सबै बेलायतवासी नेपालीलाई अनुरोध गरेका छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!