नेपाली वृद्धलाई शौचालयमा कुटपिट गरी लुटपाट प्रयास गरेको बेलायती युवाको अदालतमा स्वीकार

SHARE:

लन्डन ६ मे २०२२ । बेलायती एक युवाले नेपाली वृद्धलाई अल्डरसटस्थित म्यानोर पार्कको शौचालयमा कुटपिट गरी लुटपाट प्रयास गरेको अदालतसमक्ष स्वीकार गरेका छन् । ४ मे बुधबार बिहान वीनचेस्टर क्राउन कोर्टमा उपस्थित भएका अलेक्जेन्ड्रा रोड, अल्डरसट निवासी २८ वर्षीय ड्यारेन वाट्सले ७८ वर्षीय ती वृद्धलाई कुटपिट गरी लुटपाट प्रयास गरेको स्वीकारेको ह्याम्पसायर कन्सटबुलरीले जनाएको छ ।

वाट्सले लुट्ने प्रयास गरेको आरोप स्वीकार गरेपछि आगामी मे २६ बिहीबार उनलाई वीनचेस्टर क्राउन कोर्टमा सजाय सुनाइने प्रहरीले बुधबार जनाएको छ ।

गत फेब्रुअरीमा म्यानोर पार्कको सार्वजनिक शौचालयमा ति वृद्धलाई कुटपिट गरी पैसा मागेपछि उनीमाथि लुटपाट प्रयास गरेको अभियोग लगाइएको थियो ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!