लन्डन ६ मे २०२२ । पूर्वगोर्खा सैनिक कमल गुरुङ काउन्सिलरमा निर्वाचित भएका छन् ।
बेलायतमा बिहीबार सम्पन्न स्थानीय निर्वाचनमा लेबर पार्टीबाट बार्नेट काउन्सिलमा उम्मेदवार बनेका गुरुङ काउन्सिरमा निर्वाचित भएका हुन् । उनी पहिलोपटक काउन्सिलर बनेका हुन् । उनले २ हजार ३७७ मत पाए । दुई जना निर्वाचित हुने सो वडाबाट लेबर पार्टीकै अर्का उम्मेदवारले जितेका छन् ।






