जापानले गर्यो रुसका थप १ सय ४० जना नागरिकको सम्पत्ति रोक्का

SHARE:

एजेन्सी वैशाख २३ ।

जापानले रुसका थप १ सय ४० जना नागरिकको सम्पत्ति रोक्का गरेको छ ।

जापानी प्रधानमन्त्री फुमियो किशिदाले थप १ सय ४० रुसी नागरिकको सम्पत्ति रोक्का गर्ने घोषणा गरेका हुन् । भ्रमणका क्रममा बेलायत पुगेका जापानका प्रधानमन्त्री किशिदाले बेलायती प्रधानमन्त्री बोरिस जोन्सनसँगको भेटका क्रममा यस्तो घोषणा गरेका हुन् ।

घोषणाकै क्रममा किशिदाले रुसले हिंसाको परिणाम भोग्नुपर्ने बताउँदै रुसको रवैया युरोपका लागि मात्र समस्या नभई विश्वभरको समस्या भएको बताए । जापान र यसका सहयोगीहरूले इण्डो–प्यासिफिक क्षेत्रमा बल प्रयोग गरेर यथास्थिति परिवर्तन गर्ने एकपक्षीय प्रयासलाई कहिल्यै सह्य नहुने समेत बताए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!